१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

बारा यातायात कार्यालय भ्रष्टाचारको केन्द्र बिन्दु बन्दै अविन्दर दासकै ‘परिवारिक नेटवर्क’द्वारा सिंढेमार लुटपाट?

Logo
राहुल गुप्ता प्रकाशित बिहिबार, मंसिर ११, २०८२

बारा । देशभर जेन-जीका युवाहरूले भ्रष्टाचारविरुद्ध सडकदेखि सदनसम्म आवाज उठाइरहेकै बेला बारा जिल्ला यातायात व्यवस्था कार्यालय भने खुला रूपमा ‘भ्रष्टाचारको हब’ बनेको आरोप स्थानीय स्रोतहरूले कडा रूपमा लगाएका छन्।

कार्यालय प्रमुख अविन्दर दासकै प्रत्यक्ष संरक्षणमाै ‘सेटिङ–सिण्डिकेट’ सञ्चालन भइरहेको दाबी सर्वसाधारण र सेवाग्राहीहरूले गरिरहेका छन्।

परिवारलाई ‘करार’मा भर्ति गरी कार्यालय कब्जा ?

स्थानीय स्रोतका अनुसार, प्रमुख अविन्दर दासले आफ्नै दुई भाइ — भिखारी दास र बिकेश दासलाई करारमा राखी कार्यालयलाई पारिवारिक रैतीमा चलाइरहेको गम्भीर आरोप छ।
सेवाग्राहीहरूको दाबी

“कार्यालयमा प्रमुख देखिँदैनन्, तर लाइसेन्स पास–फेलदेखि फाइल मिलाउने सबै ‘भाइ-दाजै’कै संकेतमा चल्छ।”

 

एजेन्टमार्फत १०–२० हजार लिएर लाइसेन्स वितरण ?

सूत्रहरूका अनुसार, कार्यालयमा ट्रायल बिना नै १०–२० हजार रुपैयाँ घुस लिएर लाइसेन्स बाँडिएको आरोप गम्भीर छ।

*ट्रायल नतिजामा हेरफेर
*फिक्स रेट’ बुझाउनेलाई पास
*पैसा नदिने सेवाग्राही *सिधै असफल*

यस्तो आरोपले कार्यालयप्रति जनविश्वास धरमराएको छ।

प्रदेश नेतृत्वको संरक्षण ?

स्थानीय राजनीतिक वृत्तले मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवसँगको ‘घनिष्ट पहुँच’का कारण दासमाथिका उजुरी दवाइँदै आएको आरोप लगाएका छन्।
रौतहटमा जालझेलमा अड्किएका समूहलाई नै बारा ल्याएर “लुटतन्त्रलाई निरन्तरता दिएको” दाबी छ।

जिल्ला प्रशासनकै आँखैअगाडि अनियमितता !

जिल्लाका प्रमुख प्रशासन अधिकृतको निरीक्षणमै पनि अनियमितता पुष्ट भएको स्थानीय स्रोतको भनाइ छ।
तर,कानुनी कारबाही अघि नबढ्नुले प्रशासनिक निष्क्रियता पनि प्रश्नचिह्नमा परेको जनाइएको छ।

अविन्दर दासको विगत पनि विवादले भरिएको

अविन्दर दास वीरगञ्जमा नायब सुब्बा हुँदा नेपालीकरण सम्बन्धी अनियमिततामा अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको उजुरी फाइलहरूमा उल्लेख छ।
सरकारी कागजात नष्ट गरेको र प्रमाण लोप गरेको अभियोगमा उनी निलम्बनमा समेत परेको इतिहास रहेको स्रोतले बतायो।

सेवाग्राही आक्रोशित : ‘पैसा नदिए लाइसेन्स सम्भव छैन’*

सेवाग्राहीहरूको तिक्तता झन् बढ्दो छ।
एक सेवाग्राहीका अनुसार

“म आफैँ ट्रायल पास भएँ, तर मलाई जानी–जानी ‘फेल’ गराइयो। विरोध गरेपछि फकाउन ३० हजार नै दिए।”

यसले कार्यालयभित्रको सेटिङको गहिरो जरो खुल्ने स्थानीयहरूको टिप्पणी छ।

निष्कर्ष : जेन-जीको आन्दोलनले देश हल्लाइरहँदा बारा यातायात कार्यालय ‘भ्रष्टाचारको नमूना केन्द्र’ बन्नु राष्ट्रकै अपमान। कहाँ हराए जेन-जी युवाहरु?

बारा जिल्ला यातायात कार्यालयमा देखिएको अनियमितता, राजनीतिक संरक्षण, परिवारवाद र खुला घुस–सिण्डिकेट तत्काल रोकिनुपर्ने स्थानीयहरूको माग कडा बन्दै गएको छ।

सर्वसाधारणले भने “यति खुला भ्रष्टाचार हुँदा पनि राज्य मौन बस्नु, भ्रष्टाचारविरुद्ध उभिएका युवाहरूको ठल्लो अपमान हो।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्लाको बिभिन्न दाङ स्थानमा अबैध रुपमा ढुङ्गा र वालुबा उत्खनन् गर्ने सवारी साधनहरुलाई यस कार्यालय तथा मातहत प्रहरी कार्यालयहरु बाट खटिएको प्रहरी टोलिले अबैध रुपमा ढुङ्गा र वालुबा उत्खनन् गरिरहेका अवस्थामा १३ वटा ट्याक्टर जरिवाना कारवाही रु. २,२०,०००।– ( दुई लाख बिस हजार), ३ वटा टिप्पर जरिवाना कारवाही रु. १,२७,५४०।– (एक लाख सत्ताइस […]

काठमाडौं । रौतहटजस्ता सीमावर्ती जिल्लामा जहाँ रुख, लत्ताकपडा, खाद्यपदार्थ, सवारीसाधनदेखि लिएर लाखौँ रुपैयाँ मूल्यको सामान हरु भारत नेपाल सीमाबाट हुर्किने गरेको रिपोर्टहरु भइरहेका छन्। तर, त्यही सीमामा जिम्मेवार सुरक्षा निकायहरुको सक्रियता जहाँ चाहिएको त्यहीं त उनीहरुको संलग्नता, मिलेमतो र नाकचुल्लोपनका आरोप आइरहेका छन्।यदि साँच्चिकै “राति प्रहरी सुति बस्ने आदेश” दिदै त्यस्तो सार्वजनिक आदेश मेरो सूचना […]

  १) देश र जनता भन्दा नेताहरु प्यारो हुनु, २) बसि’ष्ठ लाई बढुवा भन्दा क’निष्ठ लाई प्रहरी प्रमुख बनाइनु, ३) जनता सँग अनुशासन’हिन ब्यवहार , ४) प्रहरी संगठन भित्र भ्र-ष्टा’चार ५) जवाफ’देहिताको क’मि ६) मानवअधिकार उ’ल्लं’घन यो भन्दा अगाडि यस्तै कुराहरुले प्रहरी बद्-नाम भएका हुन । तर अहिलेका प्रहरी प्रमुख दान बहादुर कार्कीले भने संगठनलाई […]

error: Content is protected !!