१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

मुलुककै उत्कृष्ट बन्यो घोराही खानेपानी कोषाध्यक्ष ध्रुब केसी काठमाडामैंमा विशेष सम्मान,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, मंसिर १३, २०८२

दाङ । घोराही मुलुककै उत्कृष्ट संस्थाकारुपमा घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्था काठमाडौंमा विशेष सम्मान प्राप्त गरेको छ । खानेपानी विभागको ५४ औं वार्षिकोत्सवमा घोराही खानेपानीलाई सम्मानपत्र, दोसल्लासहित विशेष सम्मान गरिएको हो ।
घोराही खानेपानीका कोषाध्यक्ष ध्रुब केसीले संस्थाको तर्फबाट सम्मानपत्र र दोसल्ला ग्रहण गर्नु भएको थियो । घोराही खानेपानी लुम्बीनी, कर्णाली, सुदुरपश्चिममै पहिलो खानेपानी उपभोक्ता संस्थाकारुपमा विभागले विशेष सम्मान गरेको कोषाध्यक्ष ध्रुब केसीले बताउनुभयो । यो सम्मानले घोराही खानेपानी मात्र नभएर  यस क्षेत्रले नै सम्मान पाएको महसुस आफुले गरेको कोषाध्यक्ष केसीको भनाइँ छ ।
भर्खरै केही दिन अघिमात्र स्वर्गीय हुनु भएका संस्थाका अध्यक्ष देबीबहादुर डिसीको अथक महेनतले घोराही खानेपानी नेपालकै उत्कृष्ट संस्थामा पर्दै आएको छ । सम्मानपत्र ग्रहण गर्नेक्रममा पनि संस्थाका स्वर्गीय अध्यक्ष देबीबहादुर डिसीको कुसल नेतृत्वदायि भूमिकाकै कारण घोराही खानेपानी सम्मानित संस्थाकारुपमा विकास भएको कोषाध्यक्ष केसीले बताउनुभयो ।
यसैबीच घोराही खानेपानी मुलुककै उत्कृष्ट संस्थाकारुपमा सम्मानित भएकोमा सबै उपभोक्ता एवं घोराहीबासीप्रति संस्थाले कृतज्ञता जाहेर गरेको छ । संस्थाका कार्यबाहक अध्यक्ष भरतमणि पाण्डेय र सचिव धमेन्द्र श्रेष्ठले घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्था सम्मानित भएको  अबसरमा सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । उहाँहरुले यसैगरी सबैको साथसहयोग, समर्थन संस्थाले प्राप्त गरिरहने विश्वास व्यक्त गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्लाको बिभिन्न दाङ स्थानमा अबैध रुपमा ढुङ्गा र वालुबा उत्खनन् गर्ने सवारी साधनहरुलाई यस कार्यालय तथा मातहत प्रहरी कार्यालयहरु बाट खटिएको प्रहरी टोलिले अबैध रुपमा ढुङ्गा र वालुबा उत्खनन् गरिरहेका अवस्थामा १३ वटा ट्याक्टर जरिवाना कारवाही रु. २,२०,०००।– ( दुई लाख बिस हजार), ३ वटा टिप्पर जरिवाना कारवाही रु. १,२७,५४०।– (एक लाख सत्ताइस […]

काठमाडौं । रौतहटजस्ता सीमावर्ती जिल्लामा जहाँ रुख, लत्ताकपडा, खाद्यपदार्थ, सवारीसाधनदेखि लिएर लाखौँ रुपैयाँ मूल्यको सामान हरु भारत नेपाल सीमाबाट हुर्किने गरेको रिपोर्टहरु भइरहेका छन्। तर, त्यही सीमामा जिम्मेवार सुरक्षा निकायहरुको सक्रियता जहाँ चाहिएको त्यहीं त उनीहरुको संलग्नता, मिलेमतो र नाकचुल्लोपनका आरोप आइरहेका छन्।यदि साँच्चिकै “राति प्रहरी सुति बस्ने आदेश” दिदै त्यस्तो सार्वजनिक आदेश मेरो सूचना […]

  १) देश र जनता भन्दा नेताहरु प्यारो हुनु, २) बसि’ष्ठ लाई बढुवा भन्दा क’निष्ठ लाई प्रहरी प्रमुख बनाइनु, ३) जनता सँग अनुशासन’हिन ब्यवहार , ४) प्रहरी संगठन भित्र भ्र-ष्टा’चार ५) जवाफ’देहिताको क’मि ६) मानवअधिकार उ’ल्लं’घन यो भन्दा अगाडि यस्तै कुराहरुले प्रहरी बद्-नाम भएका हुन । तर अहिलेका प्रहरी प्रमुख दान बहादुर कार्कीले भने संगठनलाई […]

error: Content is protected !!