०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

मुलुककै उत्कृष्ट बन्यो घोराही खानेपानी कोषाध्यक्ष ध्रुब केसी काठमाडामैंमा विशेष सम्मान,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, मंसिर १३, २०८२

दाङ । घोराही मुलुककै उत्कृष्ट संस्थाकारुपमा घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्था काठमाडौंमा विशेष सम्मान प्राप्त गरेको छ । खानेपानी विभागको ५४ औं वार्षिकोत्सवमा घोराही खानेपानीलाई सम्मानपत्र, दोसल्लासहित विशेष सम्मान गरिएको हो ।
घोराही खानेपानीका कोषाध्यक्ष ध्रुब केसीले संस्थाको तर्फबाट सम्मानपत्र र दोसल्ला ग्रहण गर्नु भएको थियो । घोराही खानेपानी लुम्बीनी, कर्णाली, सुदुरपश्चिममै पहिलो खानेपानी उपभोक्ता संस्थाकारुपमा विभागले विशेष सम्मान गरेको कोषाध्यक्ष ध्रुब केसीले बताउनुभयो । यो सम्मानले घोराही खानेपानी मात्र नभएर  यस क्षेत्रले नै सम्मान पाएको महसुस आफुले गरेको कोषाध्यक्ष केसीको भनाइँ छ ।
भर्खरै केही दिन अघिमात्र स्वर्गीय हुनु भएका संस्थाका अध्यक्ष देबीबहादुर डिसीको अथक महेनतले घोराही खानेपानी नेपालकै उत्कृष्ट संस्थामा पर्दै आएको छ । सम्मानपत्र ग्रहण गर्नेक्रममा पनि संस्थाका स्वर्गीय अध्यक्ष देबीबहादुर डिसीको कुसल नेतृत्वदायि भूमिकाकै कारण घोराही खानेपानी सम्मानित संस्थाकारुपमा विकास भएको कोषाध्यक्ष केसीले बताउनुभयो ।
यसैबीच घोराही खानेपानी मुलुककै उत्कृष्ट संस्थाकारुपमा सम्मानित भएकोमा सबै उपभोक्ता एवं घोराहीबासीप्रति संस्थाले कृतज्ञता जाहेर गरेको छ । संस्थाका कार्यबाहक अध्यक्ष भरतमणि पाण्डेय र सचिव धमेन्द्र श्रेष्ठले घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्था सम्मानित भएको  अबसरमा सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । उहाँहरुले यसैगरी सबैको साथसहयोग, समर्थन संस्थाले प्राप्त गरिरहने विश्वास व्यक्त गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!