२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

मकवानपुरमा हिटर बालेर सुत्दा रिसोर्टमा ८ जना पर्यटकको मृत्यु

Logo
प्रकाशित मंगलबार, माघ ०७, २०७६

(एबिसी संचार)
काठमाडौं माघ ७ मकवानपुरको थाहा नगरपालिकाको पानारोमा रिसोर्टमा बे’होस अवस्था भेटिएका ८ जना भारतीय पर्यटकको मृ’त्यु भएको छ । भारतको केरेलाबाट उत्तरी क्षेत्रको दामनमा घुम्नका लागि आएका उनिहरु आज बिहान बे’होस अवस्थामा भेटिएका थिए । बेहोस अवस्थमा रहेका उनिहरुलाई उपचारको लागि काठमाण्डौंको ह्याम्स अस्पताल ल्याइएको थियो ।अस्पतालका सिइओ अनिल ओडिलले बे’होस अवस्थामा रहेका ८ जनाको नै मृ’त्यू भएको पुष्टी गरेका छन् । १५ जनाको टोली आएका उनिहरु दुई कोठामा बसेका थिए ।
अ’चेत रहेका २ पुरुष, २ महिला, २ बालक र २ बालिका रहेको प्रहरीले जनाएको छ ।चिसोबाट ब’च्न बालेको ग्यास हिटरबाट उनीहरु नि’सासिएर बे’होस भएको बताइएको छ । उनीहरु नागपोखरीमा रहेको इजी कम्पनी मार्फत दामन आइपुगेको बताइएको छ ।मृ’त्यु हुनेमा वर्ष ३८ को रञ्जीत कप, ३४ की इन्द्र, ३७ को प्रविण, ३२ कि श्री सरीया, ५ की अभि, ७ की अर्चना, ५ बैष्णब, ९ की बद्रा रहेको प्रहरीले जनाएको छ । उनिहरुको पूरा नाम भने खुलेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!