१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

कपिलवस्तुमा अटाे रिक्सा र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, मंसिर १३, २०८२

कपिलवस्तु । हुलाकी सडकखण्ड अन्तर्गत कृष्णनगर नगरपालिका-११ झिंगहा चोकमा अटो रिक्शा र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा विजयनगर गाउँपालिका-४ मिझुनिया बस्ने ४० वर्षीय राम कुमार चमारकाे मृत्युु भएको प्रहरी नायब उपरीक्षक रिपेंन्द्र कुमार सिंहले जानकारी दिए । उनका अनुसार चमार सवार लु ४२ प ४३५० नम्बरको मोटरसाइकल कृष्णनगरतर्फ जाँदै गर्दा बाटोमा अनटेस्ट अटाे रिक्शाकाे ठक्करबाट गम्भीर घाइते भएका थिए ।

घाइते चमारको उपचारका लागि शिवराज अस्पताल बहादुरगञ्जमा पठाएको थियोे । घाइतेको अवस्था गम्भीर देखिएपछि त्यहाँ प्रारम्भिक उपचारपछि बुटवल रिफर गरि पठाएकाेमा उनको बाटाेमै मृत्यु भएको प्रहरीले जनाएको हाे ।

दुर्घटनामा संलग्न रिक्शा चालक कृष्णनगर नगरपालिका-६ ठूलो बुटहनिया निवासी हविबुल्ला मुसलमानको हात भाँचिएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएर शिवराज अस्पताल बहादुरगञ्जमा उपचार भएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रौतहटजस्ता सीमावर्ती जिल्लामा जहाँ रुख, लत्ताकपडा, खाद्यपदार्थ, सवारीसाधनदेखि लिएर लाखौँ रुपैयाँ मूल्यको सामान हरु भारत नेपाल सीमाबाट हुर्किने गरेको रिपोर्टहरु भइरहेका छन्। तर, त्यही सीमामा जिम्मेवार सुरक्षा निकायहरुको सक्रियता जहाँ चाहिएको त्यहीं त उनीहरुको संलग्नता, मिलेमतो र नाकचुल्लोपनका आरोप आइरहेका छन्।यदि साँच्चिकै “राति प्रहरी सुति बस्ने आदेश” दिदै त्यस्तो सार्वजनिक आदेश मेरो सूचना […]

  १) देश र जनता भन्दा नेताहरु प्यारो हुनु, २) बसि’ष्ठ लाई बढुवा भन्दा क’निष्ठ लाई प्रहरी प्रमुख बनाइनु, ३) जनता सँग अनुशासन’हिन ब्यवहार , ४) प्रहरी संगठन भित्र भ्र-ष्टा’चार ५) जवाफ’देहिताको क’मि ६) मानवअधिकार उ’ल्लं’घन यो भन्दा अगाडि यस्तै कुराहरुले प्रहरी बद्-नाम भएका हुन । तर अहिलेका प्रहरी प्रमुख दान बहादुर कार्कीले भने संगठनलाई […]

काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई  “२०० वर्ष लाग्दा पनिनसकिने गरी” मुद्दाहरू थोपरेको गुनासो गरेका छन् । ‘हामी नेपाल’ संस्थाका संयोजक तथा जेनजी अगुवा सुधन गुरुङसँग बिहीबार भएको भेटमा उनले यस्तो पीडा व्यक्त गरेको गुरुङले जानकारी दिएका हुन् । सुधनका अनुसार रविले आफू परीक्षणबाट डराउने व्यक्ति नभएको उल्लेख गर्दै भने,’बरु अर्को आयोग बनाएर […]

error: Content is protected !!