१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

नेपाल भारत सीमानाकामा हुने अवैध चोरीपैठारी नियन्त्रणमा कडाइ गर्नुपर्नेमा सरोकारवालाहरुको जोड,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, मंसिर १३, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले यहाँ आज आयोजना गरेको खुल्ला सीमा नाका कारण हुनसक्ने पशु तथा कृषिजन्य पदार्थहरुको अवैध ओसारपसार नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

अन्तरदेशीय सीमा क्षेत्रमा हुने पशु तथा कृषिजन्य पदार्थको अवैध ओसारपसारले देशको आर्थिक क्षेत्रमा नकारात्मक असर पारेको गर्दै सरोकारवालाले सीमामा परिचालित सुरक्षाकर्मी तथा सरोकारवाला निकायले  सम्बद्ध निकायहरुसँग समन्वय र सहकार्य गरी सीमामा हुने अवैध ओसारपसार नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा नाकामा हुने अवैध गतिविधि तथा ओसारपसारमा संलग्नसम्बन्धी सूचना समयमा नै प्राप्त गर्न सीमा क्षेत्रको समुदायस्तरमा सूचक तयार गरी कार्य गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राजस्व छली भएमा देशको लागि आर्थिक रुपमा हुने क्षति, रोगजन्य तथा स्वास्थ्यमा असर पर्ने विषादीयुक्त कृषिजन्य सामाग्री प्रयोगमा रोक  तथा स्वेदशी वस्तुको उत्पादन र प्रयोगमा जोड दिन आवश्यक छ, यी र यस्ता विषयमा विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जरुरी छ ।”

महानिरीक्षक अर्यालले सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण कार्यमा एकले अर्कोलाई दोष लगाएर पन्छिनुभन्दा पनि आपसी समन्वय र सहकार्य गरी अवैध ओसारपसार र चोरीनिकासीलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने सकारात्मक भावना लिएर इमान्दारिताका साथ कार्य गर्न सकियो भने राजस्व वृद्धिमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सीमा सुरक्षा विभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरले खुला सीमा नाका कारण हुने अवैध क्रियाकलाप तथा गतिविधिलाई न्यूनीकरण, रोकथाम तथा ओसारपसारलाई नियन्त्रण गर्न प्रदेशस्तरमा यस्ता कार्यक्रम सञ्चालनका लागि सम्बन्धित सरोकारवाला निकायसँग आपसी समन्वय तथा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

पशु सेवा विभाग हरिहरभवन ललितपुरका महानिर्देशक डा रामनन्दन तिवारीले अन्तरदेशीय खुल्ला सीमा नाका कारण पशु तथा कृषिजन्य पदार्थको अवैध ओसारपसारको नियन्त्रण एवं नियमन, कृषि क्षेत्रको वर्तमान अवस्था, अवैध ओसारपसारले कृषि बजार क्षेत्रमा पारेको नकारात्मक प्रभाव, समस्या र चुनौतीमा प्रस्ष्ट पार्नुभयो ।

गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले सीमा नाकाबाट हुने अवैध ओसारपसार नियन्त्रण तथा रोक लगाउने कार्यमा अन्तरनिकाय बीच आपसी समन्वय र सहकार्य गरी सीमा क्षेत्रमा देखिएका समस्याको समाधानका लागि कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।

प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्र हरिहर भवन ललितपुरका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलले सीमामा परिचालित सम्बद्ध निकायलाई प्रविधि, स्रोतसाधन तथा भौतिक पूर्वाधारको समेत उपलब्धता गराउनुपर्ने बताउनुभयो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशन विनोदप्रसाद उपाध्यायले सीमा नाकामा अन्तरराष्ट्रिय मापदण्ड अनुरुप मान्यता प्राप्त विलविजक नभएका सामानको जाँच गरी अवैध ओसारपसार नियन्त्रण गर्न सरोकारवाला निकाय तदारुकतासाथ लाग्नुपर्ने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थापाथली र गैरीगाउँबाट शनिबार सारिएका अधिकांश सुकुमवासीलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार २३२ जनाले उक्त आश्रममा बसोबास गर्न नाम टिपाएका थिए । शनिबार बिहानदेखि साँझसम्म ५१ परिवारका सदस्यलाई कीर्तिपुरमा पुर्‍याइएको थियो । आश्रमको फराकिलो हलमा सँगै बेड राख्ने गरी महानगरले स्थान तोकिदियो । महानगरले […]

काठमाडौं । नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन थालेको छ । कार्यालयले आज बिहानैदेखि नहरको जानकीटोला र गण्डकचोकसम्म फैलिएको अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो । नहरको डिलमा स्थानीयले बनाएका घरटहरा, व्यापारका लागि पसल, माछापोखरीलगायत करिब ३०० भन्दा बढी संरचना हटाउन लागिएको […]

बाँके । नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन । कृषि उपज बजार सञ्चालक समितिकी अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै […]

error: Content is protected !!