०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

भन्सार छलेर नेपाल ल्याइएको दाबी गर्दै ठूलो परिमाणको केराको गोदाममा सशस्त्र प्रहरीको छापा,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, मंसिर १४, २०८२

पर्सा । वीरगञ्ज महानगरपालिका १५, भिष्वास्थित एनएमसी रोडमा रहेको मनिष फ्रुट सप्लायर्सको गोदाममा लुकाई छिपाइ राखिएको १५० क्यारेट (करिब २,२५० किलो) केरा संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले शुक्रवार साँझ गोदाममा छापा मार्दा गोदाम सञ्चालक शम्भु कुमार गुप्ताले भारतबाट अवैध रूपमा भित्र्याएर भण्डारण गरेको अवस्थामा केरा फेला पारेको थियो ।

“नेपाली किसानले उत्पादन गरेका तरकारी र फलफूलले बजार नपाइरहेको तथा भारतबाट चोरी पैठारी भित्र्याइएका सामानले बजार कब्जा गरिरहेको गुनासो बढेपछि हामीले सीमा क्षेत्रमा कडाइ गरेका छौँ,” सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी विश्वराज योन्जनले भने, “यो अभियानलाई थप प्रभावकारी बनाउँदै राजश्व सङ्कलनमा पनि योगदान पुर्‍याउने लक्ष्य छ ।”

बरामद केरा आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!