१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

प्रदेश प्रहरी प्रमुख डिआईजी बिनोद घिमिरेद्वारा जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित आइतबार, मंसिर १४, २०८२

 

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी प्रमुखहरुलाई भर्चुअल माध्यमद्वारा आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वाहाँले जिल्लाहरुको शान्ति सुरक्षाको अवस्थालाई प्रभावकारी बनाउन सम्भावित सुरक्षा चुनौतीलाई अध्ययन गरी प्रहरी परिचालन गर्न साथै खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, फरार प्रतिवादी पक्राउ, अवैध हातहतियार बरामद, लागुऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न प्रहरीको सक्रियता बढाई कडाईका साथ चेकजाँचको व्यवस्था मिलाउन निर्देशन दिनुभयो । समय समयमा मातहत प्रहरी कार्यालयहरुको अनुगमन निरीक्षण गर्न तथा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिई उनिहरुको पिरमार्का, समस्याहरुको सुनवाई गर्न समेत निर्देशन दिनु भयो । यसै गरी अन्य सुरक्षा निकाय, राजनैतिक दल, स्थानिय बासी लागयतका महानुभावहरुसंग समन्वय र सहकार्य गरी आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन समेत जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिनु भएको छ ।

वहाँले दुरुस्त अवस्थामा प्रहरी पोशाक प्रयोग गर्न, कार्यालय सुन्दरतामा बिशेष ध्यान दिन र बिभागिय निती निर्देशनलाई अक्षरस पालना गर्दै आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रौतहटजस्ता सीमावर्ती जिल्लामा जहाँ रुख, लत्ताकपडा, खाद्यपदार्थ, सवारीसाधनदेखि लिएर लाखौँ रुपैयाँ मूल्यको सामान हरु भारत नेपाल सीमाबाट हुर्किने गरेको रिपोर्टहरु भइरहेका छन्। तर, त्यही सीमामा जिम्मेवार सुरक्षा निकायहरुको सक्रियता जहाँ चाहिएको त्यहीं त उनीहरुको संलग्नता, मिलेमतो र नाकचुल्लोपनका आरोप आइरहेका छन्।यदि साँच्चिकै “राति प्रहरी सुति बस्ने आदेश” दिदै त्यस्तो सार्वजनिक आदेश मेरो सूचना […]

  १) देश र जनता भन्दा नेताहरु प्यारो हुनु, २) बसि’ष्ठ लाई बढुवा भन्दा क’निष्ठ लाई प्रहरी प्रमुख बनाइनु, ३) जनता सँग अनुशासन’हिन ब्यवहार , ४) प्रहरी संगठन भित्र भ्र-ष्टा’चार ५) जवाफ’देहिताको क’मि ६) मानवअधिकार उ’ल्लं’घन यो भन्दा अगाडि यस्तै कुराहरुले प्रहरी बद्-नाम भएका हुन । तर अहिलेका प्रहरी प्रमुख दान बहादुर कार्कीले भने संगठनलाई […]

काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई  “२०० वर्ष लाग्दा पनिनसकिने गरी” मुद्दाहरू थोपरेको गुनासो गरेका छन् । ‘हामी नेपाल’ संस्थाका संयोजक तथा जेनजी अगुवा सुधन गुरुङसँग बिहीबार भएको भेटमा उनले यस्तो पीडा व्यक्त गरेको गुरुङले जानकारी दिएका हुन् । सुधनका अनुसार रविले आफू परीक्षणबाट डराउने व्यक्ति नभएको उल्लेख गर्दै भने,’बरु अर्को आयोग बनाएर […]

error: Content is protected !!