१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

देशभरका प्रतिनिधिलाई ओली पक्षमा लाग्न अनुरोध एमाले दाङका सबै केन्द्रीय प्रतिनिधि ओली पक्षमा उभिए,

Logo
ABC-Sanchar प्रकाशित आइतबार, मंसिर १४, २०८२

दाङ । नेकपा एमालेको यही मंसिर २७ गतेदेखि काठमाडौंमा हुन लागि रहेको ११ औं महाधिवेशनमा दाङबाट सर्वसम्मत केन्द्रीय प्रतिनिधि भएका सबैजना पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएका छन् । आइतबार घोराहीमा आयोजित एक कार्यक्रममा सामूहिकरुपमा केन्द्रीय प्रतिनिधिले एमालेलाई राष्ट्रिय शक्ति बनाउनका लागि आफूहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा रहेको संस्थापन पक्षमा उभिने लिखित प्रतिबद्धता जाहेर गरेका छन् ।

महाधिवेशनका केन्द्रीय प्रतिनिधिहरुले देशभरका सबै प्रतिनिधिहरुलाई एमाले बलियो शक्तिकारुपमा स्थापित भएकाले सबै प्रहार एमाले माथि भैरहेकाले पार्टी अध्यक्ष ओलीको पक्षमा महाधिवेशनबाट केन्द्रीय टिम बनाउनका लागि देशभरका प्रतिनिधिहरुलाई अनुरोध गरेका छन् । दाङबाट २३ जना केन्द्रीय प्रतिनिधि सर्बसम्मत छनौंट भएका छन् । विभिन्न चरणमा भएका भेला, छलफलहरुले जिल्ला पदाधिकारीलाई सर्वसम्मत प्रतिनिधि छनौंट गर्नका लागि म्यान्डेट दिएको थियो । त्यहीका आधारमा सबैसँग छलफल, परामर्श गरी सर्वसम्मत प्रतिनिधि सबै प्रक्रिया पुरा गरेर छनौंट  गरिएको नेकपा एमाले दाङले जनाएको छ ।

यसैबीच नेकपा एमाले दाङले सर्वसम्मत छनौंट भएका प्रतिनिधिहरुसहित आइतबार घोराहीमा एक कार्यक्रमको आयोजना गरेको छ । पार्टी जिल्ला अध्यक्ष शिबकुमार आचार्यको अध्यक्षत्तामा भएको कार्यक्रममा बोल्दै केन्द्रीय पोलिटव्यूरो सदस्य एवं दाङ इञ्चार्ज नरुलाल चौधरीले सिंगो दाङ एमाले अध्यक्ष केपी शर्मा ओलीकै अगुवाईमा केन्द्रीय टिम बनोस भन्ने पक्षमा रहेको बताउनुभयो । उहाँले एमाले दाङले पार्टी अध्यक्ष ओलीलाई पुनः पार्टी अध्यक्ष बनाउनका लागि औपचारिकरुपमा विज्ञप्ति निकाल्ने बताउनुभयो । केपी शर्मा ओलीकै नेतृत्वमा बन्ने नयाँ केन्द्रीय टिमले एमालेलाई थप बलियो बनाउने, देशको नेतृत्व गर्न सक्ने बताउँदै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका चौधरीले देशभरका प्रतिनिधिहरुलाई एमाले दाङले जस्तै दुरगामी निर्णय गर्नुपर्ने समय आएको बताउनुभयो ।
नेकपा एमाले दाङ पार्टीका केन्द्रीय महासचिव शंकर पोख्रेलको गृहजिल्ला पनि हो । सो अबसरमा सहभागि सबै केन्द्रीय प्रतिनिधिले एमाले अध्यक्ष ओलीकै पक्षमा निर्माण हुने संस्थापन टिमलाई बिजयी बनाउन सामूहिक प्रतिबद्धता जाहेर गर्दै हस्ताक्षर समेत गर्नुभएको थियो । एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव श्याम डाँगीले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रौतहटजस्ता सीमावर्ती जिल्लामा जहाँ रुख, लत्ताकपडा, खाद्यपदार्थ, सवारीसाधनदेखि लिएर लाखौँ रुपैयाँ मूल्यको सामान हरु भारत नेपाल सीमाबाट हुर्किने गरेको रिपोर्टहरु भइरहेका छन्। तर, त्यही सीमामा जिम्मेवार सुरक्षा निकायहरुको सक्रियता जहाँ चाहिएको त्यहीं त उनीहरुको संलग्नता, मिलेमतो र नाकचुल्लोपनका आरोप आइरहेका छन्।यदि साँच्चिकै “राति प्रहरी सुति बस्ने आदेश” दिदै त्यस्तो सार्वजनिक आदेश मेरो सूचना […]

  १) देश र जनता भन्दा नेताहरु प्यारो हुनु, २) बसि’ष्ठ लाई बढुवा भन्दा क’निष्ठ लाई प्रहरी प्रमुख बनाइनु, ३) जनता सँग अनुशासन’हिन ब्यवहार , ४) प्रहरी संगठन भित्र भ्र-ष्टा’चार ५) जवाफ’देहिताको क’मि ६) मानवअधिकार उ’ल्लं’घन यो भन्दा अगाडि यस्तै कुराहरुले प्रहरी बद्-नाम भएका हुन । तर अहिलेका प्रहरी प्रमुख दान बहादुर कार्कीले भने संगठनलाई […]

काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई  “२०० वर्ष लाग्दा पनिनसकिने गरी” मुद्दाहरू थोपरेको गुनासो गरेका छन् । ‘हामी नेपाल’ संस्थाका संयोजक तथा जेनजी अगुवा सुधन गुरुङसँग बिहीबार भएको भेटमा उनले यस्तो पीडा व्यक्त गरेको गुरुङले जानकारी दिएका हुन् । सुधनका अनुसार रविले आफू परीक्षणबाट डराउने व्यक्ति नभएको उल्लेख गर्दै भने,’बरु अर्को आयोग बनाएर […]

error: Content is protected !!