१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

गोरखाबाट चितवनतर्फ जाँदै गरेको यात्रुबाहक बस आइतबार दुर्घटना १८ जना घाइते,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, मंसिर १४, २०८२

गोर्खा । गोरखाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख १४१९ नंबरको यात्रुबाहक बस आइतबार दिउसो १ बजे सडकबाट गुड्दै जंगलमा पल्टेर दुर्घटना हुँदा घाइते भएका १८ मध्य पाँच जनालाई चितवन मेडिकल कलेज रिफर गरिएको गोरखा अस्पतालले जनाएको छ।

१३ जनालाई गोरखा अस्पतालमा उपचारपश्चात डिस्चार्ज भएका मेडिकल सुपरिटेण्डेण्ट सिद्धार्थ खनालले जानकारी दिए। भरतपुर चितवनकी संगीता बस्नेत, गोरखा नगरपालिका-३ की सीताकुमारी बस्नेत, गोरखा नगरपालिका-३ का ईश्वरबहादुर बस्नेत, गोरखा नगरपालिका-१२ की निरुमाया श्रेष्ठ र गोरखा नगरपालिका-९ की जलुमाया बिकलाई सिएमसी अस्पताल रिफर गरिएको अस्पतालले जनाएको छ।

चितवनका लागि सवार सो बस बाह्रकिलोमा रोकिराखेको अवस्थामा ब्रेकमा समस्या आई गुड्दै गुड्दै भिरालो जंगल गएर पल्टेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थापाथली र गैरीगाउँबाट शनिबार सारिएका अधिकांश सुकुमवासीलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार २३२ जनाले उक्त आश्रममा बसोबास गर्न नाम टिपाएका थिए । शनिबार बिहानदेखि साँझसम्म ५१ परिवारका सदस्यलाई कीर्तिपुरमा पुर्‍याइएको थियो । आश्रमको फराकिलो हलमा सँगै बेड राख्ने गरी महानगरले स्थान तोकिदियो । महानगरले […]

काठमाडौं । नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन थालेको छ । कार्यालयले आज बिहानैदेखि नहरको जानकीटोला र गण्डकचोकसम्म फैलिएको अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो । नहरको डिलमा स्थानीयले बनाएका घरटहरा, व्यापारका लागि पसल, माछापोखरीलगायत करिब ३०० भन्दा बढी संरचना हटाउन लागिएको […]

बाँके । नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन । कृषि उपज बजार सञ्चालक समितिकी अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै […]

error: Content is protected !!