गोर्खा । गोरखाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख १४१९ नंबरको यात्रुबाहक बस आइतबार दिउसो १ बजे सडकबाट गुड्दै जंगलमा पल्टेर दुर्घटना हुँदा घाइते भएका १८ मध्य पाँच जनालाई चितवन मेडिकल कलेज रिफर गरिएको गोरखा अस्पतालले जनाएको छ।
१३ जनालाई गोरखा अस्पतालमा उपचारपश्चात डिस्चार्ज भएका मेडिकल सुपरिटेण्डेण्ट सिद्धार्थ खनालले जानकारी दिए। भरतपुर चितवनकी संगीता बस्नेत, गोरखा नगरपालिका-३ की सीताकुमारी बस्नेत, गोरखा नगरपालिका-३ का ईश्वरबहादुर बस्नेत, गोरखा नगरपालिका-१२ की निरुमाया श्रेष्ठ र गोरखा नगरपालिका-९ की जलुमाया बिकलाई सिएमसी अस्पताल रिफर गरिएको अस्पतालले जनाएको छ।
चितवनका लागि सवार सो बस बाह्रकिलोमा रोकिराखेको अवस्थामा ब्रेकमा समस्या आई गुड्दै गुड्दै भिरालो जंगल गएर पल्टेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।