०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

जेनजी आन्दोलनमा मोरङ जिल्लाका सरकारी कार्यालयमा आगजनी तथा तोडफोड गर्ने ५ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, मंसिर १५, २०८२

मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा नेपाली कम्युनिष्ट पार्टीका नेता विराटनगरका ताजिम अन्सारीसमेत रहेका छन्।

अन्सारी तत्कालीन नेकपा माओवादी केन्द्रका रहँदा सामान्य प्रशासन मन्त्रीमा रहेका अमनलाल मोदीका स्वकीय सचिवको जिम्मेवारीमा थिए। प्रहरीले अन्सारीलाई जेनजी आन्दोलनका क्रममा अदालतदेखि सरकारी कार्यालयमा आगजनी र तोडफोड गरेको आरोपमा पक्राउ गरेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक कवित कट्वालले जानकारी दिए।

उनका अनुसार अन्सारीलाई आइतबार बेलुका विराटनगर बजारबाट पक्राउ गरिएको हो। त्यसैगरि, प्रहरीले अन्सारीसहित महेश नेपाल, आभाष पौडेल, राजिव यादव, र अरुण साह सोनारलाई पक्राउ गरेको छ। पक्राउ गरिएकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उनीहरुमाथि आपराधिक उपद्रह मुद्धा चलाउने प्रहरीको तयारी रहेको छ। मोरंग प्रहरीले पक्राउ परेका पाँच जनालाई सोमबार जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरि अनुसन्धान अघि बढाउने जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!