दाङ । जिल्ला प्रहरी कार्यालय दाङको समिक्षालय हलमा जिल्ला प्रहरी कार्यालय दाङको आयोजना तथा कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठको अध्यक्षता, प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाह, नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्यसमिति दाङका अध्यक्ष पूर्व प्रहरी नायव उपरीक्षक रोबर बहादुर बस्नेत लगायत पदाधिकारीहरु,
पूर्व प्रहरी कर्मचारीहरु, अमर प्रहरी परिवारका प्रतिनिधिहरु, प्रहरी कर्मचारीहरु लगायतको सहभागितामा वर्तमान अपराधको अवस्था, अपराध नियन्त्रणमा देखिएको चुनौती, आगामी कार्ययोजना, अपराध न्यूनीकरणको लागि सूचना आदान प्रदान, समन्वय र सहकार्य लगायत समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।