१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

घोराहीमा उपन्यास विमोचनसंगै प्रअ यादब र छात्रा पुनलाई विशेष अभिनन्दन गरिने,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, मंसिर १७, २०८२

दाङ । घोराही २० वर्ष हुँदा विद्यालयको प्रधानाध्यापक भएर कुसलतापूर्वक जिम्मेवारी सम्हाल्नु भएकी रक्षाकुमारी यादव र घोराही–१० नारायणपुरस्थित श्री सिद्धरत्ननाथ नारायणपुरमा साइन्स विषयमा प्लसटू पासगरी एमबिबिएसमा पूर्ण छात्रबृत्तीमा नाम निकाल्न सफल रोशनी घर्ती मगरलाई घोराहीमा विशेष अभिनन्दन गरिने भएको छ ।
राप्ती साहित्य परिषद्को आयोजनामा नेपालकै सर्वाधाकि दोस्रो धेरै उपन्यास प्रकाशित गर्नु भएका उपन्यासकार सविन प्रियासनले प्रकाशन गर्न लाग्नु भएको नयाँ लुगा उपन्यास विमोचन समारोहमै उहाँहरुलाई विशेष अभिनन्दन गरिनेछ । सो अबरमा अन्य विभिन्न व्यक्तित्वहरुलाई पनि सम्मान गरिनेछ ।

नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाकक्षमा मंसिर १८ गते बिहीबार विहान ११ः३० बजे आयोजना हुन लागि रहेको उपन्यास विमोचन र विशेष अभिनन्दन कार्यक्रममा उपस्थितिका लागि राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले सबैमा अनुरोध गरेको छ । शाखा अध्यक्ष यम रेग्मी र सचिव घनश्याम केसीले कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण साहित्यकार, साहित्यअनुरागी, समाजसेवी, सञ्चारकर्मी, शिक्षाप्रेमी, अभियन्ता सबैमा अनुरोध गर्नुभएको छ । १३ उपन्यासकारुपमा विमोचन हुन लागि रहेको नयाँ लुगा उपन्यास बाल उपन्यासकारुपमा रहेको र यसमा दुईदर्जन बढि बाल कथाहरुमा पनि समावेश भएको उपन्यासकार  प्रियासनले जानकारी दिनुभयो । प्रियासनले यसैवर्ष यस अगाडी कालो मन र कडी उपन्यास बजारमा ल्याई सक्नु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रौतहटजस्ता सीमावर्ती जिल्लामा जहाँ रुख, लत्ताकपडा, खाद्यपदार्थ, सवारीसाधनदेखि लिएर लाखौँ रुपैयाँ मूल्यको सामान हरु भारत नेपाल सीमाबाट हुर्किने गरेको रिपोर्टहरु भइरहेका छन्। तर, त्यही सीमामा जिम्मेवार सुरक्षा निकायहरुको सक्रियता जहाँ चाहिएको त्यहीं त उनीहरुको संलग्नता, मिलेमतो र नाकचुल्लोपनका आरोप आइरहेका छन्।यदि साँच्चिकै “राति प्रहरी सुति बस्ने आदेश” दिदै त्यस्तो सार्वजनिक आदेश मेरो सूचना […]

  १) देश र जनता भन्दा नेताहरु प्यारो हुनु, २) बसि’ष्ठ लाई बढुवा भन्दा क’निष्ठ लाई प्रहरी प्रमुख बनाइनु, ३) जनता सँग अनुशासन’हिन ब्यवहार , ४) प्रहरी संगठन भित्र भ्र-ष्टा’चार ५) जवाफ’देहिताको क’मि ६) मानवअधिकार उ’ल्लं’घन यो भन्दा अगाडि यस्तै कुराहरुले प्रहरी बद्-नाम भएका हुन । तर अहिलेका प्रहरी प्रमुख दान बहादुर कार्कीले भने संगठनलाई […]

काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई  “२०० वर्ष लाग्दा पनिनसकिने गरी” मुद्दाहरू थोपरेको गुनासो गरेका छन् । ‘हामी नेपाल’ संस्थाका संयोजक तथा जेनजी अगुवा सुधन गुरुङसँग बिहीबार भएको भेटमा उनले यस्तो पीडा व्यक्त गरेको गुरुङले जानकारी दिएका हुन् । सुधनका अनुसार रविले आफू परीक्षणबाट डराउने व्यक्ति नभएको उल्लेख गर्दै भने,’बरु अर्को आयोग बनाएर […]

error: Content is protected !!