०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

घोराहीमा उपन्यास विमोचनसंगै प्रअ यादब र छात्रा पुनलाई विशेष अभिनन्दन गरिने,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, मंसिर १७, २०८२

दाङ । घोराही २० वर्ष हुँदा विद्यालयको प्रधानाध्यापक भएर कुसलतापूर्वक जिम्मेवारी सम्हाल्नु भएकी रक्षाकुमारी यादव र घोराही–१० नारायणपुरस्थित श्री सिद्धरत्ननाथ नारायणपुरमा साइन्स विषयमा प्लसटू पासगरी एमबिबिएसमा पूर्ण छात्रबृत्तीमा नाम निकाल्न सफल रोशनी घर्ती मगरलाई घोराहीमा विशेष अभिनन्दन गरिने भएको छ ।
राप्ती साहित्य परिषद्को आयोजनामा नेपालकै सर्वाधाकि दोस्रो धेरै उपन्यास प्रकाशित गर्नु भएका उपन्यासकार सविन प्रियासनले प्रकाशन गर्न लाग्नु भएको नयाँ लुगा उपन्यास विमोचन समारोहमै उहाँहरुलाई विशेष अभिनन्दन गरिनेछ । सो अबरमा अन्य विभिन्न व्यक्तित्वहरुलाई पनि सम्मान गरिनेछ ।

नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाकक्षमा मंसिर १८ गते बिहीबार विहान ११ः३० बजे आयोजना हुन लागि रहेको उपन्यास विमोचन र विशेष अभिनन्दन कार्यक्रममा उपस्थितिका लागि राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले सबैमा अनुरोध गरेको छ । शाखा अध्यक्ष यम रेग्मी र सचिव घनश्याम केसीले कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण साहित्यकार, साहित्यअनुरागी, समाजसेवी, सञ्चारकर्मी, शिक्षाप्रेमी, अभियन्ता सबैमा अनुरोध गर्नुभएको छ । १३ उपन्यासकारुपमा विमोचन हुन लागि रहेको नयाँ लुगा उपन्यास बाल उपन्यासकारुपमा रहेको र यसमा दुईदर्जन बढि बाल कथाहरुमा पनि समावेश भएको उपन्यासकार  प्रियासनले जानकारी दिनुभयो । प्रियासनले यसैवर्ष यस अगाडी कालो मन र कडी उपन्यास बजारमा ल्याई सक्नु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!