दाङ । घोराही समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप आज मिति २०८२।०५।१६ गते घोराही उपमहानगरपालिका वडा नं. १९ तोष स्थित अन्तराष्ट्रिय युवावर्ष माध्यामिक विद्यालयमा हिंसा पिडित महिला, बालबालिका तथा जेष्ठ नागरिक समाज काठमाण्डौ र जिल्ला प्रहरी कार्यालय दाङको संयुक्त आयोजनामा “लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान” अन्तर्गत लैङ्गिक हिंसा र बाल विवाह रोकथाम तथा नियन्त्रण सम्बन्धमा सचेतनामूलक कार्यक्रम र हिंसा पिडित महिला, बालबालिका तथा जेष्ठ नागरिक समाज काठमाण्डौको आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको सहकार्यमा अध्ययनरत बालबालिकाहरुलाई न्यानो कपडा (ज्याकेट) वितरण कार्यक्रम सम्पन्न ।