रौतहट । ईशनाथ नगरपालिका ४ लतमरी सीमाक्षेत्रबाट नक्कली नेपाली नोट सहित तीन जनालाई सशस्त्र प्रहरीले प’क्राउ गरेको छ। मंगलबार साँझ १६:०५ बजे सशस्त्र प्रहरी बल नेपाल, बीओपी औरैयाबाट खटिएको टोलीले एक जना भारतीय नागरिकसहित तीन जनालाई प’क्राउ गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेको वीआर ०५ एटी ०९८३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा भारत पूर्वी चम्पारण चैनपुर ग्राम पञ्चायत निवासी २३ वर्षीय जय प्रकाश कुमार , रौतहट देवाही गोनाही नगरपालिका–४ निवासी २१ बर्षिय गोनालाल राउत र २० वर्षीय अजय पटेल प’क्राउ परेका थिए। उनीहरूको साथबाट १,००० दरका ११८ थान नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।