२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सरुवाको रिसले अन्धो बनेर बारा यातायात प्रमुख दासद्वारा खरिदार साहमाथि क्रूरतापूर्वक कुटपिट

Logo
राहुल गुप्ता प्रकाशित बुधबार, मंसिर १७, २०८२

बारामा सरकारी कार्यालयभित्रै खुलामखुला सत्ता–दबाबको दुरुपयोग भएको सनसनीपूर्ण आरोप सार्वजनिक भएको छ।

बारा, कलैयास्थित यातायात कार्यालयमा कार्यालय प्रमुख अर्विन्द्र दासले आफू मातहतका कर्मचारीलाई डर–धम्की र बल प्रयोग गरी दमन गर्न खोजेको गुनासो बाहिरिएको छ।

बुधबार साँझ करिब साढे पाँच बजे कार्यालयमै खरिदार सत्यनारायण साहमाथि दासकै उक्साहटमा कुटपिट गरिएको दाबी गरिएको छ। हालै भएको सरुवाको रिस साहमाथि उतारेको आरोप लगाउँदै दासले “तेरो कारणले मेरो सरुवा भयो” भन्दै हातपात गर्न खोजेको बताइएको छ।

प्रमुख दासका दुई भाइ—करार कर्मचारी भिखारी दास र बिकेश दास—संग मिलेर खरिदार साहमाथि गुन्डा शैलीमा कुटपिट गरिएको आरोप छ।

घटनापछि खरिदार साह गम्भीर रूपमा घाइते भएका छन्। उनको अनुहार सुन्निने गरी चोट लागेको छ। कार्यालय प्रमुख दासलाई समेत केही चोट लागेको बताइए पनि साहमाथि भएको आक्रमण क्रूर र योजनाबद्ध देखिएको प्रत्यक्षदर्शीहरूको भनाइ छ।

सरकारी सेवा प्रदान गर्ने ठाउँलाई आतंक फैलाउने वातावरण बनाइएको भन्दै कर्मचारीहरूले आक्रोश व्यक्त गरेका छन्। घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय बाराले दुवै पक्षलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

यस घटनाले पद र शक्तिको घमण्डले सरकारी कर्मचारीमाथि हातपात गर्ने प्रवृत्ति कति खतरनाक बन्दै गएको छ भन्ने पुनः देखाएको साहका सहकर्मीहरूको टिप्पणी छ। साहमाथि भएको हिंसात्मक व्यवहारका दोषीमाथि कडा कारबाही गर्न कर्मचारीहरूले माग गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]