०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
×

प्रियासनको १३ औं उपन्यास नयाँ लुगा विमोचन प्रियासनका कारण उपन्यास लेखनमा दाङ बलियो स्थानमा

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, मंसिर १८, २०८२

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव तथा उपन्यासकार सविन प्रियासनद्वारा लिखित उपन्यास “नयाँ लुगा” को बिहीबार एक कार्यक्रमका बीच विमोचन गरिएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा गरिएको कार्यक्रममा प्रियासनको १३ औँ कृति सार्वजनिक गरिएको हो ।
नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गर्नु भएका प्रियासनको यस वर्ष यो तेस्रो उपन्यास प्रकाशन हो । प्रियासनका यस अगाडी कार्तिकमा कालोमन र अषाढमा कडी उपन्यास सार्वजनकि भएको छ ।
परिषदका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा परिषदका पुर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनालको प्रमुख आतिथ्यता एवं परिषदकै सल्लाहकार पद्म प्रसाद शर्माको विशिस्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
नेपालकै दोस्रो धेरै उपन्यासकारका रूपमा पहिचान बनाएका प्रियासनको कृतिको विमोचनसँगै विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेका दुई युवा प्रतिभालाई पनि सम्मान गरिएको थियो ।
त्यसैगरी कार्यक्रममा घोराही बनाऔं अभियानको तर्फबाट सामुदायिक बिद्यालयबाट चिकित्सा शिक्षा आयोगले लिएको परीक्षामा उतिर्ण हुँदै पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल घोराही–१० का रोशनी घर्ती मगर र राजपुर निवासी बबई गाउपालिकाको सरस्वती आधारभूत बिद्यालय जलजलामा २० वर्षको उमेरमा प्रधानाध्यापक बन्नुभएका सुरक्षा कुमारी यादवलाई योगदानको कदर गर्दै सम्मान गरेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले साहित्यको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै अझ राम्रो र उत्कृष्ट रचना ल्याउन सुझाव दिनुभयो । उहाले पाठकको रोजाइमा पर्न सक्ने पुस्तक ल्यानु पर्ने बताउनु भयो । सो अबसरमा बोल्ने वक्ताहरुले प्रियासनलगायतका उपन्यासकारहरुका कारण उपन्यास लेखनमा दाङ बलियो स्थानमा उक्लिएको बताएका थिए । वक्ताहरुले प्रियासनलाई नेपालकै पहिलो बन्न सुझाब दिँदै खदिलो, वजिलो विषय बस्तुमा पनि उपन्यास प्रकाशित गर्न अनुरोध गरेका थिए । सो अबसरमा बोल्दै उपन्यासकार प्रियासनले अबको पाँच वर्षभित्रमा नेपालकै पहिलो धेरै उपन्यास प्रकाशित गर्ने उपन्यासकार बन्ने उद्घोष गर्नुभएको थियो ।
कार्यक्रममा पुस्तकका बारेमा लेखक सबिन प्रियासनले प्रकाश पार्नुभएको थियो भने विशिस्ट अतिथि पद्म प्रसाद शर्मा, पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष डा.सुदिप गौतम लगायतकाले शुभकामना मन्तव्य
राख्नुभएको थियो । परिषद्का
सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण राप्ती साहित्य परिषदका जिल्ला सचिव घनश्याम केसीले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!