१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

भारतमा वकिलसँग दुर्व्यवहार : उच्च अदालतको कडा हस्तक्षेप,एसएचओ जवान निलम्बित,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, मंसिर १९, २०८२

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो।
वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको बयान दर्ता गराउन चौकी पुगेका थिए। त्यहाँ सामान्य पोसाकमा खटिएको प्रहरीले वकिल र पीडित दुवैसँग आधार कार्ड मागेपछि वकिलले आपत्ति जनाए। सोही विषयमा चौकी प्रमुख (एसएचओ) हामिर सिंहलाई खबर गर्दा उनी झन् उग्र बनेर वकिललाई नै “थुन्ने” धम्की दिएको आरोप छ।
घटना सार्वजनिक भएपछि वकिलहरू चौकीमै धर्ना दिँदै कारबाहीको मागमा उत्रिएका थिए। मंगलबार Rajasthan High Court ले भिडियो हेरेपछि प्रहरीको व्यवहारलाई “पूर्ण रूपमा अनुचित र अस्वीकार्य” ठहर गर्‍यो। अदालतले तुरुन्तै एसएचओ हामिर सिंह र प्रहरी जवान नरेन्द्र सिंहलाई निलम्बन गर्न आदेश दियो। साथै चौकीमा कार्यरत अन्य करिब आधा दर्जन प्रहरीकर्मीलाई पनि हटाउन भनिएको छ।
सुनुवाइका क्रममा प्रहरी आयुक्तले घटनामा संलग्न प्रहरीकर्मीहरूको व्यवहार अनुचित रहेको स्वीकार गर्दै छानबिन आईपीएस दर्जाका अधिकारीलाई जिम्मा दिइएको जानकारी गराए। अदालतले थप एक हप्ता भित्र विस्तृत छानबिन प्रतिवेदन पेश गर्न आदेश गरेको छ।
यससँगै अदालतले राज्य सरकार र प्रहरी प्रशासनलाई सम्पूर्ण प्रहरीकर्मीलाई ‘सफ्ट स्किल’ तालिम अनिवार्य गराउन निर्देशन दिएको छ, ताकि भविष्यमा नागरिक वा कानुनी पेशामा संलग्न व्यक्तिसँग यस्तो दुर्व्यवहार दोहोरिन नपाओस्।
जोधपुरको यो घटना भारतमै होइन, नेपालजस्ता छिमेकी देशका प्रहरी प्रशासनका लागि पनि नागरिकमैत्री सेवा, मर्यादित व्यवहार र पेशागत अनुशासन कत्तिको महत्वपूर्ण हुन्छ भन्ने स्मरण गराउने विषय बनेको छ। नेपालमा पनि यस्ता घटनाबाट सिकेर सही तरिकाले सुधारात्मक व्यवस्था ल्याइनु आवश्यक छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!