२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

भारतमा वकिलसँग दुर्व्यवहार : उच्च अदालतको कडा हस्तक्षेप,एसएचओ जवान निलम्बित,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, मंसिर १९, २०८२

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो।
वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको बयान दर्ता गराउन चौकी पुगेका थिए। त्यहाँ सामान्य पोसाकमा खटिएको प्रहरीले वकिल र पीडित दुवैसँग आधार कार्ड मागेपछि वकिलले आपत्ति जनाए। सोही विषयमा चौकी प्रमुख (एसएचओ) हामिर सिंहलाई खबर गर्दा उनी झन् उग्र बनेर वकिललाई नै “थुन्ने” धम्की दिएको आरोप छ।
घटना सार्वजनिक भएपछि वकिलहरू चौकीमै धर्ना दिँदै कारबाहीको मागमा उत्रिएका थिए। मंगलबार Rajasthan High Court ले भिडियो हेरेपछि प्रहरीको व्यवहारलाई “पूर्ण रूपमा अनुचित र अस्वीकार्य” ठहर गर्‍यो। अदालतले तुरुन्तै एसएचओ हामिर सिंह र प्रहरी जवान नरेन्द्र सिंहलाई निलम्बन गर्न आदेश दियो। साथै चौकीमा कार्यरत अन्य करिब आधा दर्जन प्रहरीकर्मीलाई पनि हटाउन भनिएको छ।
सुनुवाइका क्रममा प्रहरी आयुक्तले घटनामा संलग्न प्रहरीकर्मीहरूको व्यवहार अनुचित रहेको स्वीकार गर्दै छानबिन आईपीएस दर्जाका अधिकारीलाई जिम्मा दिइएको जानकारी गराए। अदालतले थप एक हप्ता भित्र विस्तृत छानबिन प्रतिवेदन पेश गर्न आदेश गरेको छ।
यससँगै अदालतले राज्य सरकार र प्रहरी प्रशासनलाई सम्पूर्ण प्रहरीकर्मीलाई ‘सफ्ट स्किल’ तालिम अनिवार्य गराउन निर्देशन दिएको छ, ताकि भविष्यमा नागरिक वा कानुनी पेशामा संलग्न व्यक्तिसँग यस्तो दुर्व्यवहार दोहोरिन नपाओस्।
जोधपुरको यो घटना भारतमै होइन, नेपालजस्ता छिमेकी देशका प्रहरी प्रशासनका लागि पनि नागरिकमैत्री सेवा, मर्यादित व्यवहार र पेशागत अनुशासन कत्तिको महत्वपूर्ण हुन्छ भन्ने स्मरण गराउने विषय बनेको छ। नेपालमा पनि यस्ता घटनाबाट सिकेर सही तरिकाले सुधारात्मक व्यवस्था ल्याइनु आवश्यक छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]