२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

प्रियासनले निकाल्दै ‘केपी शर्मा ओली, समृद्धिका महानायक’ कविता संग्रह

Logo
ABC-Sanchar प्रकाशित शनिबार, मंसिर २०, २०८२

दाङ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नु भएका सविन प्रियासनले आफ्नो पहिलो कविता संग्रह, ‘केपी शर्म ओली, समृद्धिका महानायक’ प्रकाशन गर्न लागि रहनु भएको छ ।
मंसिरको अन्तिमसाता बजारमा ल्याउन लागिएको कविता संग्रहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन, उहाँ राजकीय भूमिकामा गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म गरेका कामहरुलाई कवितामा समेटिएको साहित्यकार प्रियासनको भनाइँ छ ।

काठमाडौंमा विमोचन गर्ने तयारी गरिएको उक्त कविता संग्रहमा ५३ वटा कविताहरु समावेश गरिएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव समेत रहनु भएका प्रियासनले प्रेस चौतारी नेपालको दुईपटक केन्द्रीय उपाध्यक्ष भएर काम गरिसक्नु भएको छ । विभिन्न सामाजिक अभियानहरुमा पनि जोडिनु भएका प्रियासनले यसैवर्ष तीन वटा उपन्यास प्रकाशन गरिसक्नु भएको छ । उहाँको १३ वटा उपन्यास, एकवटा कथा संग्रह, एक वटा सम्पादकीय संग्रह र थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन् । बजारमा प्रकाशनको तयारीमा रहेको कविता संग्रहमा देशको समृद्धि, सुशासन, सम्भावनाका थुप्रै विषयबस्तुहरु पूर्व प्रअ ओलीसँग जोडिएर लेखिएको प्रियासनको भनाइँ छ । कविता संग्रहमा एमाले महासचिव शंकर पोख्रेलसहित केही नेता र पत्रकारहरुको शुभकामना समेत समावेश गरिएको छ । कविता संग्रहको लागि त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयबाट आइएसबिएन नम्बर पनि ल्याई सकिएको प्रियासनले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!