२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पुरुष भन्दा महिलाहरुलाई रक्सीको मात किन बढी हुन्छ ?

Logo
ABC-Sanchar प्रकाशित शनिबार, मंसिर २०, २०८२

काठमाडौं । विश्वभर ‘महिलाको तुलनामा पुरूषले बढी रक्सी खान्छ र महिला भन्दा धेरै पुरूषले रक्सी खान्छ’ भन्ने सोचाइ अब गलत साबित हुन थालेको छ ।

सन् १९९१देखि २०००बीच जन्मेकी महिला उत्तिकै रक्सी खान्छिन जति उनका पुरूष साथीले खान्छन् ।

रक्सी खाने दौडमा पनि महिलाले पुरूषलाई पछि पारिरहेको पाइएको छ ।

रक्सीको खराब असर महिलामा देखिन थालेको छ ।

अमेरिकाको सरकारी आँकडा अनुसार २०००देखि २०१५बीच ४५ देखि ६४ वर्ष उमेरका महिलाहरूको मृत्यु सिरोसिसबाट हुने गरेको छ ।यो रोगबाट मर्नेहरूको संख्यामा ५७ प्रतिशतले बृद्धि भएको देखिएको छ ।

यो उमेर समूहका पुरूषहरूको सिरोसिसले मृत्यु दर बृद्धि २१प्रतिशतले हुने गरेको देखिएको छ ।

यसैगरी २५ देखि ४४ वर्ष उमेर समूहको महिलामा सिरोसिसबाट मृत्यु हुने दरमा १९ प्रतिशतले बढेको छ ।

तर यो उमेर समूहको पुरूषमा मृत्यु हुने दर १० प्रतिशतले घटेको देखिएको छ ।

यति मात्रै होइन रक्सीको बढी मात्राले बिरामी भइ अस्पताल पुग्ने महिलाहरूको संख्यामा बृद्धि भइरहेको छ ।

महिलाहरूमा रक्सीको असर पुरूषको तुलनामा भिन्न किसिमले हुने गरेको पाइन्छ ।

वैज्ञानिकहरूका अनुसार महिलाको शरीरमा अल्कोहल डिहाइड्रोगेनेज (एडीएच) नाम गरेको इन्जाइम थोरै सिमित मात्रमा निस्कन्छ ।

यो इन्जाइम लिभरबाट निस्कन्छ । यो इन्जाइमले रक्सीलाई टुक्राउने काम गर्छ ।

शरीर भित्रको बोसोले अल्कोहललाई बचाउँछ तर शरीरको पानीले उसको  असरलाई कम गर्छ ।

प्राकृतिकरूपमा बढी बोसो र कम पानी शरीरमा भएकाले अल्कोहलले महिलाको शरीरमा नाटकीयरूपले असर गर्छ ।

हार्वर्ड मेडिकल स्कूलमा मनोविज्ञानका प्रोफेसर र म्याकलिन हस्पिटल म्यासाच्युएटसमा एडिक्शन साइकोलजिस्ट सुगरम्यानले रक्सीका कारण महिलाको शरीरमा पुरूषको तुलनामा धेरै समस्या हुने सम्भावना हुने गरेको बताए ।

रक्सी खाने महिलामा पुरूषको तुलनामा बढी बानी बस्छ र मेडिकल समस्या बढी हुन्छ ।

यसलाई टेलिस्कोपिंग भनिन्छ ।

एक दशक अघि महिलाबारे यस किसिमको जानकारी उपलब्ध थिएन् ।

किनभने पहिला रक्सी सम्बन्धी सर्वेक्षण पुरूषमा मात्र गरिन्थ्यो । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]