०५ आश्विन २०८३, सोमबार
21-09-2026 , Mon
×

मिराज ढुंगानाको नेतृत्वमा प्रधानमन्त्री राजीनामा माग्दै निवासको गेटमा पर्चा टाँसे

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, मंसिर २०, २०८२

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ।

अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्।

अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार र बालुवाटार दुबै स्थानमा पटक पटक प्रदर्शन गर्दै आएका छन्। उनीहरूले अन्तरिम सरकार प्रमुखसँग दमनका घटनाको छानबिन र आन्दोलनका माग सम्बोधन गर्न आग्रह गर्दै राजीनामासमेत माग गरेका छन्।

हालसम्म भएका सबै भ्रष्टाचार प्रकरणको छानबिन गर्न अधिकार सम्पन्न आयोग गठन, स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार, जेनजी विद्रोहलाई राजनीतिक आन्दोलनको रूपमा मान्यता दिन माग गरेका छन्।

यस्तै, सहिद परिवार तथा घाइतेको उचित व्यवस्थापन, २३ र २४ गतेका शान्तिपूर्ण आन्दोलनमा भएको दमनको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही, जेनजी आन्दोलनसहित राजनीतिक प्रतिशोधमा चलाइएका मुद्दा फिर्ता गरी विधिको शासन कायम, प्रादेशिक खर्च अत्यधिक भएको भन्दै प्रदेश सरकारको पुनर्संरचना र अनावश्यक खर्च कटौती, संविधान पुनरावलोकन तथा आवश्यक सुधार गरी त्यसपछि मात्र अर्थपूर्ण चुनावतर्फ अघि बढ्नुपर्ने माग अघि सारेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार महतोविरुद्ध विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा […]

दाङ । घोराहीबाट लमही जाने सडकखण्ड अन्तर्गत बेल्दमारको पहिलो घुम्तीनेर रातिको समयमा पाटे बाघ देखिएको छ। ट्रकलाई ओभरटेक गर्ने क्रममा पाटे बाघले झम्टिनबाट मुस्किलले ज्यान जोगिएको प्रत्यक्षदर्शीले बताएका छन्। साँझपख उक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन दाङ प्रहरीले सबैमा अनुरोध गरेको छ।

दाङ । घोराही विश्व शान्ति दिवस–२०२६ को अवसरमा ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र, दाङमा प्राकृतिक विपद्का कारण दिवंगत भएका आत्माहरूको शान्तिको कामनासहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। ‘सबैका लागि, जहाँसुकै, हरेक दिन शान्तिमा लगानी गरौँ’ भन्ने यस वर्षको शान्तिको सन्देशसहित सोमबार २०८३ असोज ५ गते (२१ सेप्टेम्बर २०२६) कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल […]