१९ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

लमही जुनतारा सुनचाँदी पसलमा गोली चलाउने व्यक्ति दाङ प्रहरीद्वारा पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, मंसिर २०, २०८२

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ।
ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए।

‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती व्यक्तिले सुनचाँदी पसललाई फोन गर्दै आफूलाई धेरै सून चाहिएको भनेको खुलेको छ।’

प्रहरी नियन्त्रणमा रहेका व्यक्तिको नाम ठेगाना भने गोप्य राखेको छ। गोली लागेर सुनचाँदी पसलमा कार्यरत १८ वर्षीय दिपक सुनार घाइते भएका थिए। उनको लमही अस्पतालमा उपचार गरिएको छ। घाइतेको अवस्था सामान्य छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । आसन्न प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनिय ढंगले सम्पन्न गर्न बाँके जिल्लाको तयारी तथा सुरक्षा व्यवस्था सम्बन्धमा आइतबार स्थलगत अनुगमनमा पुगेका मन्त्री अर्यालले यस्तो बताएका हुन् । गृहमन्त्री अर्यालले हालसम्म बाँके जिल्लाको तयारी सन्तोषजनक रहेको र जिल्लाको परिवेश अनुसार सुरक्षा योजना प्रभावकारी ढंगले कार्यान्वयन गर्न निर्देशन दिए । साथै उनले निर्वाचन आचारसंहिताको पालना गर्न […]

  काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन तयारीको लागि भारत सरकारले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ३० थान वान टन ट्रक हस्तान्तरण गरेको छ। यसअघि भारतले निर्वाचन सहयोगमा ५८० भन्दा बढी सवारीसाधन नेपाललाई उपलब्ध गराइसकेको थियो।

काठमाडौं । इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारिजानीले अमेरिकासँग कुनै पनि वार्ता नगर्ने बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् सञ्चार माध्यमहरूमा इरानले मध्यस्थमार्फत अमेरिकासँग पुनः वार्ता गर्न खोजेको भन्ने खबर सार्वजनिक भइरहेका बेला लारिजानीले ती दाबी अस्वीकार गरेका छन्। उनले लेखेका छन्, ‘इरान अमेरिकासँग वार्ता गर्ने पक्षमा छैन।’ […]

error: Content is protected !!