एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ ।
गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। अधिकांश शवहरू भान्सा वरपर फेला परेकाले पीडितहरू क्लबका कर्मचारी रहेको संकेत मिलेको उनले थपे।
द इन्डियन एक्सप्रेसका अनुसार उक्त आगलागी तटीय क्षेत्रको सबैभन्दा लोकप्रिय समुद्र तटमध्ये एक बागामा रहेको ‘बर्च बाई रोमियो लेन’ नामक क्लबमा भएको थियो।
मुख्यमन्त्री प्रमोद सावन्तले पत्रकारहरूलाई बताएअनुसार तीन जनाको जलेर र अरूको निसास्सिएर मृत्यु भएको छ। उनले ‘तीन वा चार’ पर्यटकहरूको मृत्यु भएको जानकारी दिए, जसको उमेर र राष्ट्रियता अझै खुल्न सकेको छैन।
आगलागीको कारण पत्ता लगाउन औपचारिक अनुसन्धान सुरु गरिएको र लापरबाही गर्नेहरूलाई कडा कारबाही गरिने मुख्यमन्त्री सावन्तले बताएका छन्।