२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

दाङमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु १ जना घाइते

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, मंसिर २१, २०८२

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक दाङको बबई गाउँपालिका–३ निवासी २९ वर्षीय गणेश ओलीको बायाँ खुट्टा भाँचिएको र बायाँ हातमा चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकोमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो ।

त्यहापनी उपचार सम्भव नभएपछि हाल उनी भारतको लखनउस्थित आशिर्बाद सिटी अस्पतालमा उपचाररत छन । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । त्यस्तै, मोटरसाइकलको पछाडि सवार सल्यानको कालिमाटी गाउँपालिका–३ निवासी २३ वर्षीय भिषण पुन मगरको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । राप्ती प्रादेशिक अस्पतालमा ल्याई डाक्टरले जाँच गर्दा गएराति करिब ८ः३५ बजे मृत घोषणा गरिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल, ट्रक र ट्रक चालक दाङको तुलसीपुर उपमहानगरपालिका–१२ टरीगै निवासी २९ वर्षीय साजन आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा आगामी पुस ४, ५ र ६ गते अर्थात् डिसेम्भर १९, २० र २१ तारिखमा यहाँ ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ आयोजना गरिने नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले बताए । उनले बाँकेसहित पश्चिम क्षेत्रको पर्यटनलाई चलायमान बनाउन […]

दाङ । लमही पूर्व-पश्चिम राजमार्गदेखी दक्षिण तर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । आफू सुत्ने कोठामा खनाल मृत फेला परेका छन् । घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान चलिरहेको छ ।खनालले आत्महत्या गरेको हुन सक्ने दाङ प्रहरीको अनुमान छ ।

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

error: Content is protected !!