२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

नेपालमा ७ प्रतिशत महिला चुरोट तान्छन्,फलफूल खाने महिलाहरु एक प्रतिशत मात्र

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, मंसिर २३, २०८२

काठमाडौं । नेपालमा पुरुषहरुले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गरेको त हामीले सुनेकै छौं । तर, नेपालमा चुरोटको धुवाँ उडाउने महिलाको संख्या पनि कम छैन ।

सहरका कफीसप र क्याफेहरुमा चुरोटको धुँवा उडाइरहेको भेटिनेहरु नयाँ पुस्ताका लम्मली हुन् भने गाउँघरमा पुरानो पुस्ताका महिलाहरुले पनि सूर्ति सेवन गर्नेगरेको पाइन्छ ।

स्वास्थ्य मन्त्रालयको एक तथ्यांक अनुसार नेपालमा ७ प्रतिशत महिलाहरुले धुम्रपान गर्ने गरेको पाइएको छ ।

जनसंख्याको झण्डै ५० प्रतिशत पुरुषहरुमा धुम्रपानको लत रहेको छ । तीमध्ये झण्डै १७ प्रतिशतले नियमित चुरोट सेवन गर्ने गरेको पाइएको स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बताए ।

सचिव उप्रेतीले भने, ‘हामी चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गर्नुहुँदैन भन्ने कुरा त गर्छौं, तर एउटा तथ्यांक हेर्दा हामीकहाँ फलफूल खानेभन्दा चुरोट खानेकै संख्या बढी देखिएको छ ।’

यसबाहेक, झण्डै ६० प्रतिशतले मद्यपान गर्ने गरेको समेत सचिव उप्रेतीले बताए । उनका अनुसार नेपालमा जम्मा एक प्रतिशत मानिसले मात्रै नियमित फलफुलको सेवन गर्ने गरेको पाइएको छ ।

त्यस्तै, प्रत्येक व्यक्तिले आफ्नो आहारमा दैनिक १२ ग्राम नुन समावेश गर्ने गरेको पाइएको छ । यो अनुपात भनेको शरीरलाई चाहिने नुन भन्दा झण्डै सात ग्राम बढी छ । विज्ञहरुका अनुसार हाम्रो शरीरलाई दैनिक ५ ग्राम नुनको आवश्यकता पर्छ ।

नसर्ने रोगका मृत्यु हुनेको संख्या बढी

नेपालमा सरुवा रोगको तुलनामा नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या समेत बढेको एक तथ्यांकले देखाएको छ ।

स्वास्थ्य मन्त्रालयले सन् २०१४गरेको एक अनुसन्धान अनुसार नेपालमा नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या वर्षेनी एक लाख ८६ हजार पुग्ने गरेको छ । त्यसमध्य प्रत्येक पाँचजनाको मृत्युमध्ये तीनजनाको मृत्युको कारण नसर्ने रोग हुने गरेको पाइएको छ ।

त्यसबाहेक अस्पतालमा भर्ना हुने कुल विरामी मध्ये ६० प्रतिशतमा नसर्ने रोगको समस्या देखिने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै २५ प्रतिशत युवामा उच्च रक्तचापको समस्या तथा नब्बे प्रतिशत मानिसहरुले उच्च रक्तपाचको औषधी सेवन नगर्ने पाइएको समेत तंथ्याकमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!