०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
×

नेपालमा ७ प्रतिशत महिला चुरोट तान्छन्,फलफूल खाने महिलाहरु एक प्रतिशत मात्र

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, मंसिर २३, २०८२

काठमाडौं । नेपालमा पुरुषहरुले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गरेको त हामीले सुनेकै छौं । तर, नेपालमा चुरोटको धुवाँ उडाउने महिलाको संख्या पनि कम छैन ।

सहरका कफीसप र क्याफेहरुमा चुरोटको धुँवा उडाइरहेको भेटिनेहरु नयाँ पुस्ताका लम्मली हुन् भने गाउँघरमा पुरानो पुस्ताका महिलाहरुले पनि सूर्ति सेवन गर्नेगरेको पाइन्छ ।

स्वास्थ्य मन्त्रालयको एक तथ्यांक अनुसार नेपालमा ७ प्रतिशत महिलाहरुले धुम्रपान गर्ने गरेको पाइएको छ ।

जनसंख्याको झण्डै ५० प्रतिशत पुरुषहरुमा धुम्रपानको लत रहेको छ । तीमध्ये झण्डै १७ प्रतिशतले नियमित चुरोट सेवन गर्ने गरेको पाइएको स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बताए ।

सचिव उप्रेतीले भने, ‘हामी चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गर्नुहुँदैन भन्ने कुरा त गर्छौं, तर एउटा तथ्यांक हेर्दा हामीकहाँ फलफूल खानेभन्दा चुरोट खानेकै संख्या बढी देखिएको छ ।’

यसबाहेक, झण्डै ६० प्रतिशतले मद्यपान गर्ने गरेको समेत सचिव उप्रेतीले बताए । उनका अनुसार नेपालमा जम्मा एक प्रतिशत मानिसले मात्रै नियमित फलफुलको सेवन गर्ने गरेको पाइएको छ ।

त्यस्तै, प्रत्येक व्यक्तिले आफ्नो आहारमा दैनिक १२ ग्राम नुन समावेश गर्ने गरेको पाइएको छ । यो अनुपात भनेको शरीरलाई चाहिने नुन भन्दा झण्डै सात ग्राम बढी छ । विज्ञहरुका अनुसार हाम्रो शरीरलाई दैनिक ५ ग्राम नुनको आवश्यकता पर्छ ।

नसर्ने रोगका मृत्यु हुनेको संख्या बढी

नेपालमा सरुवा रोगको तुलनामा नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या समेत बढेको एक तथ्यांकले देखाएको छ ।

स्वास्थ्य मन्त्रालयले सन् २०१४गरेको एक अनुसन्धान अनुसार नेपालमा नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या वर्षेनी एक लाख ८६ हजार पुग्ने गरेको छ । त्यसमध्य प्रत्येक पाँचजनाको मृत्युमध्ये तीनजनाको मृत्युको कारण नसर्ने रोग हुने गरेको पाइएको छ ।

त्यसबाहेक अस्पतालमा भर्ना हुने कुल विरामी मध्ये ६० प्रतिशतमा नसर्ने रोगको समस्या देखिने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै २५ प्रतिशत युवामा उच्च रक्तचापको समस्या तथा नब्बे प्रतिशत मानिसहरुले उच्च रक्तपाचको औषधी सेवन नगर्ने पाइएको समेत तंथ्याकमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!