१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

दाङ ट्राफिकले अब्यबस्थित समान र पार्किङ हटाउदै पहिलो अभियान सुरु

Logo
प्रकाशित बुधबार, माघ ०८, २०७६

(सागर थापा)
दाङ माघ ८ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले घोराही बजारमा अब्यबस्थित समान राख्दा र पार्किङ गर्दा सडक दुर्घटना बढेको भन्दै सडक पेटीसम्म सामान राखेर ब्यापार ब्यबसाय गर्नेहरुको सामान हटाउन सुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ वडा प्रहरी कार्यालय घोराही घोराही उपमहानगरपालिका नगर प्रहरी लागाएतको सयुक्त सहयोगमा सडक पेटी तथा नाला मिचेर ब्यबसाय गर्ने ब्यबसायिकहरुको समान हटाउन अभियान सुरु गरिएको छ ।
दाङ घोराही बजारको मुख्य सडक तुलसीपुर चोकदेखि ट्राफिक चोक सम्म समान हटाइएको हो । सडक तथा नालासमेत मिचेर समान राख्दा बजारको ट्राफिकमा समस्या आएको भन्दै सामान हटाउन अभियान सुरु गरिएको हो ।
समान हटाउने कार्य बजारका विभिन्न ठाँउहरुमा पनि हुने घोराही जिल्ला ट्राफिक दाङले जनाएको छ । सडक पेटी तथा नालासम्म सामान राख्दा सडकमा यात्रा गर्ने बटुवालाई समेत समस्या हुन थालेपछि यस्तो अभियान सुरु गरिएको हो ।
सडक पेटीसम्म हुने फुटपात ब्यापार, अव्यबस्थित पार्किङलाई नियन्त्रण गरेर बजारलाई शोभनिय बनाउनका लागि यस्तो अभियान सुरु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रेम रेग्मीको नेतृत्वमा पहिलो अभियान सुरुवात गरिएको हो ।
अब्यबस्थित समान राख्दा र पार्किङ गर्दा सडक दुर्घटना बढेको भन्दै सामान हटाउन सुरु गरिएको छ । साथै आगामी दिनमा सामान राखिएको पाइएमा कारबाही गर्ने समेत चेतवानी दिइएको दाङ जिल्ला ट्राफिक प्रमुख रेग्मीले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले देश, समाज तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका तथा जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेका राष्ट्रिय व्यक्तित्वहरूको सम्मानस्वरूप पुनःनिर्माण गरिएका ऐतिहासिक सालिकहरूको एक कार्यक्रमबीच अनावरण गरेको छ । नगर प्रमुख प्रशान्त विष्टले बिहान विभिन्न स्थानमा स्थापित ६ वटा सालिकको अनावरण गरेका हुन् । संविधान पिता, नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री […]

दाङ । वर्तमान समयमा विश्वभर बढ्दो जनसंख्या, सहरीकरण र उपभोगको संस्कृतिका कारण फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको छ। पहिले फोहोरलाई केवल वातावरण प्रदूषण गर्ने वस्तुका रूपमा हेरिन्थ्यो, तर अहिले यसलाई आर्थिक स्रोतका रूपमा उपयोग गर्ने अवधारणा विकसित भएको छ। “फोहोरबाट मोहर” भन्ने भनाइको अर्थ पनि यही हो—उचित व्यवस्थापन, पुनःप्रयोग (Reuse), पुनर्चक्रण (Recycle) र नयाँ उत्पादनमार्फत […]

error: Content is protected !!