२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

दाङ ट्राफिकले अब्यबस्थित समान र पार्किङ हटाउदै पहिलो अभियान सुरु

Logo
प्रकाशित बुधबार, माघ ०८, २०७६

(सागर थापा)
दाङ माघ ८ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले घोराही बजारमा अब्यबस्थित समान राख्दा र पार्किङ गर्दा सडक दुर्घटना बढेको भन्दै सडक पेटीसम्म सामान राखेर ब्यापार ब्यबसाय गर्नेहरुको सामान हटाउन सुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ वडा प्रहरी कार्यालय घोराही घोराही उपमहानगरपालिका नगर प्रहरी लागाएतको सयुक्त सहयोगमा सडक पेटी तथा नाला मिचेर ब्यबसाय गर्ने ब्यबसायिकहरुको समान हटाउन अभियान सुरु गरिएको छ ।
दाङ घोराही बजारको मुख्य सडक तुलसीपुर चोकदेखि ट्राफिक चोक सम्म समान हटाइएको हो । सडक तथा नालासमेत मिचेर समान राख्दा बजारको ट्राफिकमा समस्या आएको भन्दै सामान हटाउन अभियान सुरु गरिएको हो ।
समान हटाउने कार्य बजारका विभिन्न ठाँउहरुमा पनि हुने घोराही जिल्ला ट्राफिक दाङले जनाएको छ । सडक पेटी तथा नालासम्म सामान राख्दा सडकमा यात्रा गर्ने बटुवालाई समेत समस्या हुन थालेपछि यस्तो अभियान सुरु गरिएको हो ।
सडक पेटीसम्म हुने फुटपात ब्यापार, अव्यबस्थित पार्किङलाई नियन्त्रण गरेर बजारलाई शोभनिय बनाउनका लागि यस्तो अभियान सुरु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रेम रेग्मीको नेतृत्वमा पहिलो अभियान सुरुवात गरिएको हो ।
अब्यबस्थित समान राख्दा र पार्किङ गर्दा सडक दुर्घटना बढेको भन्दै सामान हटाउन सुरु गरिएको छ । साथै आगामी दिनमा सामान राखिएको पाइएमा कारबाही गर्ने समेत चेतवानी दिइएको दाङ जिल्ला ट्राफिक प्रमुख रेग्मीले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!