०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
×

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय चामलका कारण किसानहरूले दु:ख पाए,

Logo
Abc Sanchar प्रकाशित बुधबार, मंसिर २४, २०८२

एजेन्सी । भारतबाट आउने चामल र क्यानडाबाट आउने खाद्य पदार्थहरूमा थप ट्यारिफ (शुल्क) लगाउनेसमेत बताएका हुन्।

ट्रम्पका अनुसार दोस्रो देशबाट आउने सस्तो सामानले अमेरिकी किसानलाई नोक्शान पुर्याइरहेको बताए। उनले ह्वाइटहाउसमा आयोजित एक कार्यक्रममा किसानका लागि थप आर्थिक मद्दतका प्याकेज घोषणा गरेका थिए।

ट्रम्पले भने,’भारत, भियतनाम र थाइल्यान्ड जस्ता देशले अमेरिकामा धेरै सस्तो चामल बेचिरहेका छन्। जसका कारण यहाँका किसानको कमाई निकै कम हुन पुगेको छ।’ उनले यसलाई ‘डंपिङ’ गर्नका लागि अमेरिकामा चामल ल्याएको आरोपसमेत लगाए। यसको अर्थ बाहिरबाट गएको चामल यति सस्तो हुन्छकी स्थानीयहरूले कुनैपनि मूल्यमा प्रतिस्पर्धा गर्न सक्दैनन्।

साथै ट्रम्पले क्यानडाबाट आउने खाद्य सामाग्रीहरूमा पनि ट्यारिफ लगाउने बताए। उनले भने ‘धेरै खाद्य पदार्थ क्यानडाबाट आउँछ यदि यो धेरै सस्तो भएमा ठूलो मात्रामा ट्यारिफ लगाउनेछौँ।’ पछिल्लो समय अमेरिकामा ट्रम्पको ट्यारिफ नीतिसँगै महंगी अत्याधिक बढ्दै गएको छ। यस्तोमा उनी माथि निरन्तर दबाब बढी रहेको छ।

भारतले विश्वमा ४० प्रतिशत चामल निर्यात गर्दै आएको छ। भारतले २०२२-२३ मा करिब १५ मिलियन टन चामल निर्यात गरेको थियो। भारतले मुख्यतया दुई प्रकारका चामल निर्यात गर्छ। जसमा बास्मती र गैरबास्मती रहेका छन्। भारतीय गैर-बास्मती चामलको सर्वाधिक ठूलो खरिद कर्ता पश्चिमी अफ्रिकी मुलुकहरू रहेका छन्। बास्मती चामल भने मिडल इस्ट देशहरू रहेका छन्। जसमा साउदी अरेबिया, इरान, इराकलगायत रहेका छन्। विश्व बैंकका अनुसार भारतले अमेरिकामा २०२३ मा लगभग २ लाख ८१ हजार ८ सय ७३ टन चामल निर्यात गरेको थियो।

ट्रम्पले यसअघिनै भारतमाथि ५० प्रतिशत ट्यारिफ लगाइसकेका छन्। उनले २५ प्रतिशत ट्यारिफ भने रसियाबाट तेल खरिद गरेको भन्दै भारतमाथि ट्यारिफ लगाएका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!