०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
×

कलैया यातायातमा फेललाई पास, कर्मचारी कुटपिट अराजकता: अख्तियार र प्रहरीको निष्क्रियता प्रश्नको घेरामा

Logo
राहुल गुप्ता प्रकाशित बुधबार, मंसिर २४, २०८२

बारा कलैयास्थित यातायात व्यवस्था कार्यालयमा व्यापक अनियमितता तथा दुरुपयोगका आरोपहरू सतहमा आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीले तत्काल गम्भीर छानबिन गर्नुपर्ने माग तीव्र बन्दै गएको छ।

सेवाग्राही र कार्यालयभित्रका कर्मचारीहरूले यस कार्यालयमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा व्यापक हेरफेर, दलाली र आर्थिक लेनदेन हुने गरेको आरोप सार्वजनिक रूपमा उठाएका छन्। उनीहरूको दाबी अनुसार, ‘जेन–जि आन्दोलन’पछि धेरै ठाउँमा अवैध पास–प्रक्रिया रोकिएको भए पनि कलैयामा भने अझै पनि फेल परीक्षार्थीलाई रकम लिएर पास गराउने प्रक्रिया चलिरहेको छ।

यी सबै आरोपहरूको केन्द्रमा कार्यालय प्रमुख अविन्दर दासको नाम बारम्बार आउने गरेको बताइएको छ। कर्मचारी तथा सेवाग्राहीहरूले दाससँग नजिक मानिएका केही व्यक्तिहरूमार्फत लिखित र ट्रायल दुवै परीक्षामा हस्तक्षेप भएको आरोप लगाएका छन्।
लिखित परीक्षाको नतिजामा ८८.९० प्रतिशत उत्तिर्ण देखिएपछि जानकारहरूले नै यसलाई ‘अस्वाभाविक रूपमा उच्च’ भन्दै निष्पक्षताको गम्भीर प्रश्न उठाएका छन्। सहभागी परीक्षार्थीको वास्तविक संख्या समेत कार्यालयले सार्वजनिक नगरेको भन्दै आरोप झनै घनिभूत बनेका छन्।

यता ट्रायल परीक्षा सम्पन्न भएर पनि नतिजा सार्वजनिक नगरिनु, कार्यालयको आन्तरिक प्रक्रियामै प्रश्न उठाउने कारणका रूपमा हेरिएको छ।
सूचना अधिकारीका अनुसार २१ दिनभित्र नतिजा निकाल्ने तर बाहिर नदेखाउने प्रावधान रहेको बताइए पनि **यस्ता बन्द–ढोका प्रक्रियाले कार्यालयमा अनियमितता लुकाउने प्रयास भएको सेवाग्राहीहरूको आरोप छ।

स्थिति झन् तनावपूर्ण त्यसबेला बन्यो जब केही दिनअघि सरुवा भइसकेका कार्यालय प्रमुख दासलाई नयाँ प्रमुखलाई पदबहाली गर्न नदिने विवादको क्रममा झडप भएको घटना सार्वजनिक भयो।
घटनामा कर्मचारी सत्यनारायण दास कुटिएका, नाकमा गम्भीर चोट लागेर अहिले काठमाडौँमा उपचाररत रहेको, र शल्यक्रिया तयारी भइरहेको तथ्य स्वयं सरकारी निकायका लागि गम्भीर चेतावनीका रूपमा उभिएको छ।

पीडित कर्मचारीद्वारा प्रमुख दाससहित पाँच जनाविरुद्ध प्रहरीमा दर्ता गरिएको जाहेरी अस्तित्वमा रहँदा पनि अहिलेसम्म कुनै कारबाही अघि नबढाइएको सेवाग्राहीको आरोप छ। स्थानीयहरूका अनुसार, “कार्यालय भित्रैका अनियमितता तथा अवैध आम्दानीका कारण सम्बन्धित निकाय ‘निश्क्रिय’ रहेको” आरोप सुनिन्छ।

यसैबीच, कार्यालयमा लामो समयदेखि देखिँदै आएको विवाद, दलाली, नतिजा–प्रक्रियाको अपारदर्शिता र कर्मचारीमाथिको आक्रमणसम्म पुगिसकेको घटनाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीले अब मौन बस्ने स्थिति नसकेको जनसमुदायको प्रतिक्रिया छ।

सेवाग्राही र कर्मचारीहरूको संयुक्त माग स्पष्ट छ।कलैया यातायात कार्यालयमा उठेका सबै आरोपमा तत्काल, खुला, निष्पक्ष र कडा छानबिन होस्, र दोषी प्रमाणित हुनेहरूविरुद्ध कानूनी कारबाही अनिवार्य रूपमा होस्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!