०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
×

काठमाडौँ उपत्यकाको ३ वटा प्रहरी कार्यालय पुनर्निर्माण पछी हस्तान्तरण,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, मंसिर २९, २०८२

काठमाडौं । ललितपुरको सातदोबाटोमा अवस्थित प्रहरी वृत्त, ट्राफिक प्रहरी परिसर र काठमाडौँको बौद्धमा अवस्थित प्रहरी वृत्त पुनर्निमाण पछि स्थानीयले प्रहरीलाई हस्तान्तरण गरेका हुन् । आइतबार भएको हस्तान्तरण कार्यक्रममा आईजीपी दानबहादुर कार्की उपस्थित थिए ।
सातदोबाटोमा रहेको प्रहरी वृत्त र ट्राफिक प्रहरी परिसर हास्य कलाकार किरण केसी ‘राता मकै’ को नेतृत्वमा पुनर्निर्माण गरिएको हो । जेनजी प्रदर्शनको क्रममा उच्छृङ्खल समूहले आगजनी गरेपछि त्यहाँको पुनर्निर्माणकाे नेतृत्व हास्य कलाकार केसीले गरेका थिए ।

नेपाल प्रहरीको ७० औँ स्थापना दिवसको अवसरमा असोज ३१ मा ‘राता मकै’ लाई सम्मान पनि गरिएको थियो । प्रहरी वृत्त सातदोबाटो भवन सुरुमा निर्माण गर्दा पनि केसीले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

प्रहरी वृत्त बौद्धको कार्यालय र ब्यारेक भवन पनि पुनर्निर्माण गरेर स्थानीयले प्रहरीलाई हस्तान्तरण गरेका छन् । जेनजी प्रदर्शनमा आगजनी भएको बौद्ध प्रहरीको भवन करिब करिब १ करोड ५० लाख लागतमा पुनर्निर्माण सम्पन्न भएको डीएसपी सन्तोष रोकाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

बाँके । मुख्य चुनौती के थिए: नेपालगन्ज नाका तस्करी,चोरी पैठारी, लागूऔषधको मुख्य रुट राजस्व चुहावट भन्सार छलीको सामान धमाधम अपराध दर सीमा क्षेत्र भएकाले आपराधिक गतिविधि बढी एसपी जिसीको काम गर्ने शैली, पत्रकार सम्मेलनबाटै सार्वजनिक प्रतिवद्धता गर्नु भनेको “अब जसरी पनि गर्नुपर्छ” भन्ने दबाब आफैँले लिएको हो। यस्तोमा पछि काम नगरे प्रश्न सोझै उहाँमाथि आउँछ। […]

error: Content is protected !!