०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

सुनील सेट्टीको पहलमा भारतबाट उद्धार गरिएका १२८ नेपाली महिला २९ वर्षपछि सार्वजनिक

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, पुष ०२, २०८२

काठमाडौं । भारतको कुख्यात कमाठीपुरा रेडलाइट एरियाबाट उद्धार गरिएका १२८ जना नेपाली महिलालाई स्वदेश फर्काउन बलिउड सुपरस्टार सुनील सेट्टीको महत्वपूर्ण भूमिका रहेको तथ्य २९ वर्षपछि सार्वजनिक भएको छ।

शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारका अनुसार सन् १९९६ फेब्रुअरीमा भारतको महाराष्ट्र प्रहरीले कमाठीपुरा क्षेत्रमा छापा मारेर ४५६ महिलाको उद्धार गरेको थियो। तीमध्ये सयभन्दा बढी नेपाली महिलाहरू थिए। उद्धार हुनेहरूमध्ये चारिमाया तामाङ पनि एक थिइन्।

उद्धारपछि भारतीय अधिकारीहरूले नेपाली महिलालाई स्वदेश फर्काउन नेपाल सरकारसँग समन्वय गरेका थिए। तर, अधिकांश महिलासँग नेपाली नागरिकता वा पहिचान खुल्ने कागजात नहुँदा नेपाल सरकारले उनीहरूलाई फिर्ता ल्याउन आनाकानी गरेको थियो। कागजपत्रको अभावसँगै ‘एड्स’ संक्रमणको आशंकालाई समेत कारण बनाइएको थियो।

महिनौंसम्म महिलाहरूलाई उद्धार केन्द्रमै राखियो, जहाँको अवस्था अत्यन्तै डर लाग्दो रहेको उद्धार गरिएकाहरू बताउँछन्। उक्त स्थान पहिले अपराधीलाई फाँसी दिइने स्थलसमेत रहेको उनीहरूको भनाइ छ।

आफ्नो देश फर्किने आशा निराशामा परिणत भइरहेका बेला एकाएक १२८ जना नेपाली महिलालाई विमानमार्फत काठमाडौं पठाइयो। तर, उनीहरू कसरी, कसको पहलमा र कसले विमान भाडा तिरिदियो भन्ने कुरा लामो समयसम्म रहस्यमै रह्यो।

करीब २५ वर्षसम्म यो घटनाबारे सार्वजनिक रूपमा केही नखुलाइएको भए पनि सन् २०२० मा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘भाइस (VICE)’ लाई दिएको अन्तर्वार्तामा चारिमाया तामाङले उक्त उद्धारको खर्च र व्यवस्थापन बलिउड अभिनेता सुनील सेट्टीले गरेको खुलासा गरिन्।

चारिमाया तामाङ, सुनिता दनुवारलगायत उद्धार गरिएका महिलाहरूको अगुवाइमा स्थापना भएको ‘शक्ति समूह’ बेचबिखन प्रभावित महिलाहरूले नै स्थापना गरेको विश्वकै पहिलो संस्था मानिन्छ। यो संस्था करिब २० वर्षअघि स्थापना गरिएको हो।

उद्धार कार्यमा सुनील सेट्टीकी सासु संलग्न सामाजिक संस्था तथा जेट एयरवेजका तत्कालीन मालिक नरेश गोयलको समेत सहयोग रहेको बताइन्छ।

एक पडकास्ट कार्यक्रममा नेपाली महिलाहरूको उद्धारबारे सोधिँदा सुनील सेट्टीले भनेका थिए, “उद्धार गरिएका महिलाहरूले सुरक्षित र सम्मानजनक जीवन पाउनुपर्थ्यो। तीमध्ये केही १८ वर्षमुनिका बालिकासमेत थिए। यो कार्य मेरो एकल प्रयास होइन, सामूहिक पहलको परिणाम हो।”

आफूले गरेको योगदानको कहिल्यै प्रचार नगरेका सुनील सेट्टीले कामको जस पनि सबैलाई बाँड्दै आएका छन्। उनको यो कार्यले उनी केवल सफल कलाकार मात्र नभई मानवीय संवेदना, विशाल हृदय र महान् सोच भएका व्यक्तित्व भएको पुष्टि गर्ने सामाजिक अभियन्ताहरू बताउँछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजना, प्रहरी महानिरीक्षक दानबहादुर कार्की ज्यूको प्रमुख आतिथ्यतामा लुम्बिनी सांस्कृतिक नगरपालिका-10, महिलावार स्थित लुम्बिनी विकास कोष परिसर। 2. *केको लागि*: 4 वटा गम्भीर सामाजिक मुद्दा – *आत्महत्या, लागु औषध दुव्र्यसन, दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरण*। 3. *सहभागिता*: प्रहरी मात्र होइन, सुरक्षा निकाय, सरकारी कार्यालय, संघ-संस्था, विद्यार्थी, स्थानीय सबै गरी […]

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

बाँके । कोहलपुर *अहिलेको अवस्था कस्तो छ:* 1. *खाली जग्गा + भग्नावशेष*: वर्षौंदेखि मान्छे बसेको ठाउँ अहिले समथर परेको छ। कतै-कतै भत्किएको टहराको काठ, टिन, प्लास्टिकका टुक्रा छरिएका छन्। पहिले भीडभाड भएको ठाउँ अहिले सुनसान लाग्छ। 2. *पुल/सडक फराकिलो*: बस्ती हटेपछि सडक चौडा भएको छ। सरकारी पक्षले भनेको “व्यवस्थित सहर, ट्राफिकको समस्या कम” भन्ने दृश्य […]

error: Content is protected !!