०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
×

बङ्गलादेशमा एक हिन्दु युवकको कुटपिट गरी हत्या शव जलाएको विरुद्ध बिरगंजमा हिन्दु युवाहरू प्रदर्शन

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, पुष ०५, २०८२

पर्सा । बङ्गलादेशको म्यामनसिंह जिल्लामा भ्रमपूर्ण आरोपमा एक हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध वीरगञ्जमा हिन्दु युवाहरूले शनिवार विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले घटनामा संलग्नहरूलाई कडा कारबाहीको माग गर्दै बङ्गलादेश सरकारको आलोचना गरेका छन् ।

प्रदर्शनकारी हिन्दु युवाहरूले “हिन्दु मार्न पाइँदैन”, “बङ्गलादेशी मुसलमान मुर्दावाद” जस्ता नारा लगाउँदै वीरगञ्जको नगर परिक्रमा गरेका थिए । त्यसपछि घण्टाघर पुगेर उनीहरूले बङ्गलादेशको झन्डा अङ्कित तस्बिरमा आगो लगाएर आफ्नो विरोध जनाए ।

युवाहरूले बङ्गलादेशमा अल्पसङ्ख्यक हिन्दुहरू असुरक्षित रहेको र निर्मम हत्या हुँदा पनि सरकारले अपराधीहरूमाथि कारबाही नगरेको आरोप लगाएका छन् । कारबाही नभए ठूलो आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

घण्टाघरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै हिन्दु युवा नेता विकास साहले बङ्गलादेशमा यसअघि पनि अल्पसङ्ख्यक हिन्दुहरूमाथि दमन भएको स्मरण गराए । उनले हिन्दुहरू शान्तिप्रेमी धर्म भएको बताउँदै विश्वको कुनै पनि कुनामा हिन्दुमाथि हुने अत्याचार र हिंसा सहन नसकिने चेतावनी दिए । “बङ्गलादेश सरकारले हिन्दुहरूको सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ,” साहले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । मुख्य चुनौती के थिए: नेपालगन्ज नाका तस्करी,चोरी पैठारी, लागूऔषधको मुख्य रुट राजस्व चुहावट भन्सार छलीको सामान धमाधम अपराध दर सीमा क्षेत्र भएकाले आपराधिक गतिविधि बढी एसपी जिसीको काम गर्ने शैली, पत्रकार सम्मेलनबाटै सार्वजनिक प्रतिवद्धता गर्नु भनेको “अब जसरी पनि गर्नुपर्छ” भन्ने दबाब आफैँले लिएको हो। यस्तोमा पछि काम नगरे प्रश्न सोझै उहाँमाथि आउँछ। […]

दाङ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना – २०८३ सम्बन्धी अन्तर–विषयगत क्षेत्र बैठक दाङको राप्ती उपत्यका (देउखुरी) मा मंगलबार अपरान्ह सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा सुपरपरियोजना युनिसेफको समन्वयमा उक्त बैठक सम्पन्न भएको हो । मन्त्रालयका सचिव सुशिला अर्यालको अध्यक्षतामा भएको बैठकमा मनसुनजन्य विपद् तथा सम्भावित जोखिमको […]

काठमाडौं । वि.सं. २०५८ साल जेठ १९ गते, शुक्रबार। दरबार हत्याकाण्ड हुनुभन्दा केही घण्टाअघि। आज यो तस्बिर सार्वजनिक गर्दा मन निकै भारी भएको छ। त्यो दिन दिउँसो करिब ३ बजेतिर म, सागर श्रेष्ठ, र मेरो मित्र रवि मानन्धर सातदोबाटोस्थित स्विमिङ पुल र दशरथ रङ्गशाला क्षेत्रमा थियौं। त्यही समयमा युवराजाधिराज श्री ५ दीपेन्द्र बीर विक्रम शाहदेव […]

error: Content is protected !!