०६ पुष २०८२, आइतबार
21-12-2025 , Sun
×

चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा ९ भाले गोही गणना गरे,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, पुष ०५, २०८२

चितवन । राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा नौ भाले घडियाल गोही गणना गरिएको छ। अतिसङ्कटापन्न अवस्थामा रहेका घडियाल गोहीको प्रत्यक्ष गणना गर्ने क्रममा राप्ती नदीमा सात र नारायणी नदीमा दुई गरी नौ घडियाल गोही फेला परेको निकुञ्जले जनाएको छ।

निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार दुवै नदीमा जम्मा ३६६ घडियाल गोही फेला परेका छन्। ‘अनुगमनका क्रममा हामीले राप्ती नदीमा २३१ तथा नारायणी नदीमा १३५ घडियाल गोही फेला पारेका छौँ,’ थापामगरले भने, ‘गत वर्ष दुवै नदीमा गरी जम्मा ३५२ मात्रै घडियाल गोही देखापरेका थिए।’ उनका अनुसार यस वर्षको गणनामा राप्ती नदीमा २०६ तथा नारायणी नदीमा १४६ घडियाल फेला परेका छन्।

गत वर्षकोभन्दा यस वर्ष नारायणी नदीमा घडियाको सङ्ख्यामा कमी आएको भन्दै उनले राप्ती नदीमा भने घडियालको सङ्ख्या बढेको जानकारी दिए। ‘हामीले गरेको संरक्षणको पहल र समुदायमा बढेको संरक्षण चेतनाका कारण घडियाल गोहीको सङ्ख्या बढेको हुनसक्छ,’ उनले भने, ‘निकुञ्जले बर्सेनि घडियाल प्रजनन केन्द्रमा हुर्काएको गोहीका बच्चालाई नारायणी नदी र राप्ती नदीमा छोड्ने गर्दा पनि नदीमा गोहीको सङ्ख्या बढ्दै गएको छ।’

सन् १९७८ देखि निकुञ्जको मुख्यालय कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरी अतिसङ्कटापन्न अवस्थामा रहेको घडियालको संरक्षणको काम भइरहेको थापा मगरले जानकारी दिए। नारायणी तथा राप्ती नदी किनारबाट गोहीका अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा मेसिनबाट बच्चा कोरलेर हरेक वर्ष प्राकृतिक बासस्थानमा छाड्ने गरिएको उनको भनाइ छ।

आगामी दिनमा पनि घडियाल गोहीको दिगो संरक्षण, नियमित अनुगमन तथा नदी प्रणालीको संरक्षणका लागि सरोकारवाला निकायसँगको सहकार्यलाई निरन्तरता दिँदै घडियालको सङ्ख्या वृद्धिमा भूमिका खेल्ने थापामगरले बताए। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले यस वर्ष मङ्सिर २१ देखि मङ्सिर २९ गतेसम्म गरेको घडियाल गोहीको नियमित अनुगमन कार्यबाट प्राप्त भएको नतिजा शुक्रबार सार्वजनिक गरेको हो।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै बग्ने राप्ती नदी र नारायणी नदीमा घडियाल गणना गरिनुको मुख्य उद्देश्य नदी प्रणालीमा घडियाल गोही तथा यसको बासस्थानको वर्तमान अवस्थाको अद्यावधिक जानकारी सङ्कलन गर्नु रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले बताए।

अनुगमनका क्रममा राप्ती र नारायणी नदीका विभिन्न खण्डमा प्रत्यक्ष अवलोकनका आधारमा घडियाल गोहीको गणना गरिएको पन्तको भनाइ छ। घडियाल गोहीको गणनाका क्रममा नारायणी नदीमा एउट डल्फिनसमेत देखापरेको उनले जानकारी दिए।

प्रमुख संरक्षण अधिकृत पन्तका अनुसार घडियाल गणनाका क्रममा नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदीको गोलाघाट क्षेत्रमा एउटा डल्फिन फेला परेको हो। नारायणी नदीमा डल्फिन देखिनु जैविक विविधताको दृष्टिले सकारात्मक सङ्केत मानिएको पन्तले बताए। यसअघिका वर्षमा पनि नारायणी नदीको यसक्षेत्र र नवलपुरको बगुवन, अमलटारी क्षेत्रमा पटकपटक डल्फिन देखिँदै आएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ नेकपा मसालको वैधानिक चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युबक संघ दाङ–देउखुरीको तेस्रो जिल्ला भेला शनिबार अपरान्ह दाङको देउखुरी- लमहीमा सम्पन्न भएको छ । भेलाले वसन्तराज आचार्यको अध्यक्षतामा दुई बैकल्पिक सदस्य सहित १३ सदस्यीय दाङ जिल्ला कार्यसमिती सर्वसम्मत चयन गरेको छ । सो कार्य समितिको उपाध्यक्षमा श्रीराम भट्टराई, सचिवमा दिपक केसीलाई […]

पर्सा । मधेस प्रदेशका पर्सासहित आठ वटै जिल्लामा खटिएका नेपाल प्रहरीका ३१ घुमुवालाई हटाइएको मधेस प्रदेश प्रहरी कार्यालयले बताएको छ । घुमुवाका बारेमा गुनासोहरू आउन थालेपछि ३१ जना घुमसवाहरुलाई हटाइएको प्रदेश प्रहरी कार्यालयले बताएको छ । घुमुवाका नाममा असुली गर्नेदेखि धाकधम्की दिनेको गरेको गुनासो मधेसका जिल्लाहरूमा व्याप्त छ । प्रहरी संगठनभित्रै शुद्धीकरण गर्ने योजनाअनुसार ३१ […]

काठमाडौं । यो संख्या ०७९ को निर्वाचनको भन्दा चार हजारले धेरै हो । त्यतिवेला एक लाख ३६ हजार ‘म्यादी प्रहरी’ भर्ना गरिएको थियो । अहिले नाम रूपान्तरण गरेर ‘निर्वाचन प्रहरी’का रूपमा भर्ना गर्न लागेको हो । यसपटक सुरक्षा चुनौती बढेको र मतदान केन्द्र पनि थपिने भएकाले निर्वाचन प्रहरीको संख्या थप्नुपर्ने नेपाल प्रहरीको निचोड छ । ०७९ को निर्वाचनमा देशभर […]

error: Content is protected !!