०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

महिलाहरुलाई मिडियामा टिक्नै गाह्रो’

Logo
प्रकाशित बुधबार, माघ ०८, २०७६

(पार्वती बस्नेत)
दाङमा कुनै समय रेडियोमा बोल्ने लिला देवकोटा अहिले अस्पतालमा जागिरे जीवन विताइरहेकी छन् । घोराही उपमहानगरपालिका वडा नम्वर १५ निवासी देवकोटा भर्खरै आईए पढ्दै गर्दा रहरै रहले बाल कार्यक्रम संञ्चालन गर्नको लागी रेडियो स्वर्गद्धारी प्रवेश गरेकी थिइन् । ‘पहिलोपटक रेडियोमा मेरो आवाज गुञ्जदाको त्यो क्षण सम्झदा आजपनि आफैलाई सपना जस्तै लाग्छ ।’ उनले भनिन् ‘रहरैरहरमा मैले मिडिया क्षेत्रमा हाम फालेकी थिए ।’
तर लिलाको संचार क्षेत्रको बसाई लामो भने रहन सकेन करिब आठ वर्ष जत्ति रेडियोमा काम गरेपछि हिजोआज राप्ती उपक्षेत्रिय अस्पतालमा काम गर्दै आफ्नो जागिर जीवन विताइरहेकी छन् ।
रेडियोमा काम गर्न थालेपछि मात्र थाहा भयो लिलालाई यो क्षेत्रमा नाम छ तर दाम छैन् । अनि काम गर्ने क्षेत्रमा पनि महिला र पुरुषका बीचमा आर्थिक विभेद गरिएको तितो अनुभव छ ।
‘काम गर्न थालेपछि स्वभाविक रुपमै परिवारले पनि घरमा आर्थिक सहयोग गरुन् भन्ने आशा राख्छन् तर त्यो आशा पुरा गर्न नसकेपछि परिवारबाट पनि पेशा परिवर्तन गर्ने दबाब हुदो रहेछ ।’ उनले पेसा परिवर्तन गर्नको कारण खुलाउदै भनिन् ‘त्यही आर्थिक अभाव र पारिवारीक दवाव कै कारण संचार क्षेत्रमा काम गर्ने रहर अधुरै छाडेर भएपनि अहिले अन्य पेसा रोजेको छु ।’
विगतमा गोरक्ष राष्ट्रिय दैनिकमा चल्तीकी पत्रकार भएर काम गर्ने स्मृति योगीको पनि अर्कै पेसामा रमाइरहेकीछ छन् । चल्तीकी पत्रकार भए पनि उनले लामो समयसम्म पत्रकारीतामा टिकेर काम गर्न सकिनन् । बीच मै पत्रकारीता छोडेर अन्य पेसा रोजिन् ।
‘पत्रकारीतामा टिकीरहनको लागि सहकर्मी तथा घरपरिवारको पुरा साथको आवश्यकक्ता पर्ने रहेछ ।’ उनले भनिन् ‘समयसँगै प्राविधिक कुराहरुसँग पनि अभ्यस्त हुनुपर्ने रहेछ । सबै त सिके तर आर्थिक अभाव उस्तै भयो ।’
पत्रकारीता गर्दा आर्थिक अभावले च्यापे पछि घर खर्च चलाउन गाह्रो हुने देखे पछि आफुले पेसा परिवर्तन गरेको उनी बताउछिन् । अहिले उनी अर्कै पेसामा रहेर काम गरिरहेको छिन् तर आफुलाई पत्रकारी गर्दा हुने खुसी र आन्नद अन्य पेसामा मिल्नै गाह्रो भएको बताउछिन् । पत्रकारीतामा पाइने आनन्द पुरा गर्नकै लागि आफुले समयसमयमा पत्रिकामा फिचर समाचार, केही लेखहरु लेख्ने गरेको सुनाउछिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  उनको निधनको कारण हृदयाघात (कार्डियक अरेस्ट) भएको बताइएको छ। हल्क होगनको वास्तविक नाम टेरी जीन बोलिया हो । उनले १९८० र १९९० को दशकमा डब्ल्यूडब्ल्यूईलाई विश्वव्यापी लोकप्रियता दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनको ञहल्कमेनियाझ अभियानले रेसलिंगलाई नयाँ उचाइमा पुर्‍याएको थियो। उनले १९८४ मा आयरन शेखलाई हराएर डब्ल्यूडब्ल्यूएफ च्याम्पियनशिप जितेका थिए, जसले ञहल्कमेनियाझ को शुरुआत […]

मेष -दैनिक कार्यमा उत्साह रहनेछ। अध्ययन, अध्यापन वा योजना बनाउनेमा ध्यान केन्द्रित हुनेछ। तर पारिवारिक मतभेदबाट बच्न संवादमा सन्तुलन राख्नुहोस्। वृष -साझेदारी वा वैवाहिक सम्बन्धमा भावनात्मक घनिष्टता बढ्नेछ। तर आर्थिक लेनदेन वा निर्णयमा हतार नगर्नुहोस्। स्वास्थ्यतर्फ पनि ध्यान दिँदा राम्रो। मिथुन -काममा निरन्तरता ल्याउनुपर्ने दिन हो। स्वास्थ्यमा सानो असहजता आउन सक्छ। व्यवस्थित र धैर्यपूर्वक अघि […]

दाङ । भालुवाङ राप्ती उपत्यका देउखुरीमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री आचार्यले उपलब्धिहरुको विवरण सार्वजनिक गर्दै प्रदेश सरकार संघीय संरचनाको अपरिहार्य तहका रूपमा विकास हुँदै गएको स्पष्ट पार्नु भएको हो । ‘सुशासनलाई केन्द्रविन्दुमा राख्दै हामीले पाँच वर्षे रणनीतिक योजना तयार पारेका छौं, जसअनुसार राजस्व वृद्धि, पुँजीगत खर्चमा सुधार, र प्रशासनिक कार्यसम्पादनमा उल्लेखनीय प्रगति भएको […]

error: Content is protected !!