०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

महिलाहरुलाई मिडियामा टिक्नै गाह्रो’

Logo
प्रकाशित बुधबार, माघ ०८, २०७६

(पार्वती बस्नेत)
दाङमा कुनै समय रेडियोमा बोल्ने लिला देवकोटा अहिले अस्पतालमा जागिरे जीवन विताइरहेकी छन् । घोराही उपमहानगरपालिका वडा नम्वर १५ निवासी देवकोटा भर्खरै आईए पढ्दै गर्दा रहरै रहले बाल कार्यक्रम संञ्चालन गर्नको लागी रेडियो स्वर्गद्धारी प्रवेश गरेकी थिइन् । ‘पहिलोपटक रेडियोमा मेरो आवाज गुञ्जदाको त्यो क्षण सम्झदा आजपनि आफैलाई सपना जस्तै लाग्छ ।’ उनले भनिन् ‘रहरैरहरमा मैले मिडिया क्षेत्रमा हाम फालेकी थिए ।’
तर लिलाको संचार क्षेत्रको बसाई लामो भने रहन सकेन करिब आठ वर्ष जत्ति रेडियोमा काम गरेपछि हिजोआज राप्ती उपक्षेत्रिय अस्पतालमा काम गर्दै आफ्नो जागिर जीवन विताइरहेकी छन् ।
रेडियोमा काम गर्न थालेपछि मात्र थाहा भयो लिलालाई यो क्षेत्रमा नाम छ तर दाम छैन् । अनि काम गर्ने क्षेत्रमा पनि महिला र पुरुषका बीचमा आर्थिक विभेद गरिएको तितो अनुभव छ ।
‘काम गर्न थालेपछि स्वभाविक रुपमै परिवारले पनि घरमा आर्थिक सहयोग गरुन् भन्ने आशा राख्छन् तर त्यो आशा पुरा गर्न नसकेपछि परिवारबाट पनि पेशा परिवर्तन गर्ने दबाब हुदो रहेछ ।’ उनले पेसा परिवर्तन गर्नको कारण खुलाउदै भनिन् ‘त्यही आर्थिक अभाव र पारिवारीक दवाव कै कारण संचार क्षेत्रमा काम गर्ने रहर अधुरै छाडेर भएपनि अहिले अन्य पेसा रोजेको छु ।’
विगतमा गोरक्ष राष्ट्रिय दैनिकमा चल्तीकी पत्रकार भएर काम गर्ने स्मृति योगीको पनि अर्कै पेसामा रमाइरहेकीछ छन् । चल्तीकी पत्रकार भए पनि उनले लामो समयसम्म पत्रकारीतामा टिकेर काम गर्न सकिनन् । बीच मै पत्रकारीता छोडेर अन्य पेसा रोजिन् ।
‘पत्रकारीतामा टिकीरहनको लागि सहकर्मी तथा घरपरिवारको पुरा साथको आवश्यकक्ता पर्ने रहेछ ।’ उनले भनिन् ‘समयसँगै प्राविधिक कुराहरुसँग पनि अभ्यस्त हुनुपर्ने रहेछ । सबै त सिके तर आर्थिक अभाव उस्तै भयो ।’
पत्रकारीता गर्दा आर्थिक अभावले च्यापे पछि घर खर्च चलाउन गाह्रो हुने देखे पछि आफुले पेसा परिवर्तन गरेको उनी बताउछिन् । अहिले उनी अर्कै पेसामा रहेर काम गरिरहेको छिन् तर आफुलाई पत्रकारी गर्दा हुने खुसी र आन्नद अन्य पेसामा मिल्नै गाह्रो भएको बताउछिन् । पत्रकारीतामा पाइने आनन्द पुरा गर्नकै लागि आफुले समयसमयमा पत्रिकामा फिचर समाचार, केही लेखहरु लेख्ने गरेको सुनाउछिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका लागि प्रस्थान गरेका हुन्। उनी कतार एयरवेजको ‘क्यूटीआर-६४५’ कल साइनको बोइङ ७८७-८ ड्रिमलाइनर जहाजबाट अमेरिका प्रस्थान गरेका छन्। उनी अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासघमा सहभागी हुनेछन्। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यो प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण हो। काठमाडौँबाट कतारको दोहा हुँदै अमेरिका […]

अबको आन्दोलन सडकमै बस्ने, सडकमै खाने, सडकमै सुत्ने हुनेछ : स्थानीयवासीहरू घोराही । घोराही–सिस्ने खोला–मुर्कुटी सडक निर्माणका लागि ठोस योजना नबनाइए तिहारपछि कडा आन्दोलनमा उत्रिने स्थानीयवासीहरूले चेतावनी दिएका छन्। वर्षौं बितिसक्दा पनि सडकको अवस्था सुधार नभएको भन्दै मंगलबार विभिन्न टोल विकास संस्था तथा स्थानीयवासीका प्रतिनिधिहरूले सडक डिभिजन कार्यालय दाङमा पुगेर यस्तो चेतावनी दिएका हुन्। स्थानीयवासीका […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिनासमेत देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीमा रहेका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले असार, साउन र भदौमा लगातार पहिलो स्थान हासिल गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो नौ महिनाको मूल्याङ्कनमा बाँके पाँचपटक प्रथम र एकपटक दोस्रो भएको छ। यसअघि चैत र वैशाखमा पनि बाँके […]