०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
×

बाक्लो हुस्सु र सितलहरले तराईको जिल्लामा जाडो निकै बढयो,

Logo
ABC-Sanchar प्रकाशित आइतबार, पुष ०६, २०८२

बाँके । पुस अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। ‘गहुँ छर्ने अन्तिम तयारी गर्नुछ, अब उखु कटानको धमाधम पर्छ, हिउँदेबाली लगाउन भ्याइ नभ्याइ पर्ने बेला घरबाट निस्कन सकिएको छैन,’ बर्दिबास-१३ का किसान ठकाइ महतोले भने, ‘पुस नलाग्दै बढेको चिसोले काम सबै अलपत्र छ।’

चिसोले कठ्यांग्रिएर कुनै काममा हात नलाग्दा समयमा खेतीपातीका काम नसकिने चिन्ताले किसानलाई पिरोलेको छ। महोत्तरीसहितका मधेशका जिल्लामा पूर्व-पश्चिम राजमार्गभन्दा तलतिर हुस्सु र चिसोको कहर बढी छ। पुस पहिलो सातापछि बढ्ने हुस्सु केही वर्षयता मध्य मंसिरदेखि नै डम्म लाग्ने गरेको जलेश्वर-५ किसान रहिमन मण्डलले बताए।

मधेश गर्मी अलि बढी हुने ठाउँ भए पनि जाडो यतिसारो पहिले नभोगिएको मण्डलको अनुभव छ। उत्तरी क्षेत्रमा बिहान १० बजेतिर हुस्सु फाट्दै गएर घाम देखिए पनि दक्षिणतर्फ मध्य र सुदूरदक्षिणी भेगमा अपराह्नसम्म दिन हो कि रात छुट्याउन नसकिने सर्वसाधारण बताउँछन्। अपरान्हपछि हुस्सु हट्दै गए पनि कतिपय दिन घामै नदेखिएर साँझ पर्ने गरेको जलेश्वर-२ की शिला यादवले बताइन्।

चिसोले घरपालुवा पशुवस्तुको बिजोग भएको उनले बताइन्। पशुवस्तुको आहाराको जोहो र चरनमा लैजान नपाइँदा समस्या भएको भंगाहा-४ रामनगरकी भैसीपालक किसान हिरादेवी दाहालको भनाइ छ। धेरै बढेको चिसोले पशुवस्तु जिङ्राउने र बिरामी हुने क्रम बढेको दाहालले बताए।

यसैगरी बढ्दो जाडोले व्यापार पनि चौपट भएको व्यापारी बताउँछन्। अहिले मंसिर नसकिँदै चिसोले घर बाहिर निस्कन नदिएपछि पुस, माघ कस्तो होला भन्ने सम्झनाले नै अत्यास लाग्ने गरेको सर्वसाधारणको भनाइ छ। अहिलेको जाडोको कहरले ससाना नानी, पाका उमेरका वृद्धवृद्धा , गर्भवती र सुत्केरी महिलालाई स्वास्थ्य जोखिम बढ्दो छ।

खासगरी श्वासप्रश्वासका बिरामीलाई यो मौसमले बढी च्याप्ने हुँदा स्याहारमा ध्यान दिनपर्ने बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदीप ठाकुरले बताए। यो चिसिँदो मौसमले गरिब बस्ती कष्टकर अवस्थामा पुगेका छन्। चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा तत्काल आगो बाल्न काठका सुकेका मुडा, खानपिनका सामग्री र न्यानो लुगाको सहयोग जुटाउने कार्यमा पहलकदमी लिन स्थानीय तहसँग सामाजिक संघ संस्थाले आग्रह गरेका छन्।

दिउँसोको समयमा विगत एक सातादेखि मधुरो घाम लाग्दै आएको छ भने बिहानैदेखि हुस्सु लाग्ने गरेको छ। पूर्वी तराईमा घाम लाग्न छाडेपछि शीतलहर सुरु हुने गर्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तापक्रम घट्दै जाने भएकाले चिसो थप बढ्ने छ। महाशाखाका अनुसार देशका मध्य, मध्यपश्चिम र पूर्वी तराई-मधेशका जिल्लामा हुस्सु तथा कुहिरो लाग्न थालेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

बाँके । मुख्य चुनौती के थिए: नेपालगन्ज नाका तस्करी,चोरी पैठारी, लागूऔषधको मुख्य रुट राजस्व चुहावट भन्सार छलीको सामान धमाधम अपराध दर सीमा क्षेत्र भएकाले आपराधिक गतिविधि बढी एसपी जिसीको काम गर्ने शैली, पत्रकार सम्मेलनबाटै सार्वजनिक प्रतिवद्धता गर्नु भनेको “अब जसरी पनि गर्नुपर्छ” भन्ने दबाब आफैँले लिएको हो। यस्तोमा पछि काम नगरे प्रश्न सोझै उहाँमाथि आउँछ। […]

दाङ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना – २०८३ सम्बन्धी अन्तर–विषयगत क्षेत्र बैठक दाङको राप्ती उपत्यका (देउखुरी) मा मंगलबार अपरान्ह सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा सुपरपरियोजना युनिसेफको समन्वयमा उक्त बैठक सम्पन्न भएको हो । मन्त्रालयका सचिव सुशिला अर्यालको अध्यक्षतामा भएको बैठकमा मनसुनजन्य विपद् तथा सम्भावित जोखिमको […]

error: Content is protected !!