०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

बाघको आक्रमणमा परी एक वृद्धाको मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, पुष १३, २०८२

महेन्द्रनगर । कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा परी मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले शनिबार भारतको दुधुवा नेसनल पार्कमा घाँस काट्न गएका पुर्नवास नगरपालिका–६ का ७० वर्षीया सुना निरौलाको बाघको आक्रमणमा परी मृत्यु भएको खबर प्राप्त भएको जानकारी दिए।

‘सीमाक्षेत्रबाट करिब अढाई किलोमिटरभित्र बाघले वृद्धाको ज्यान लिएको खबर पाइएको छ’, उनले भने, ‘दाउरा घाँसका लागि जङ्गलमा हिजो गएको भन्ने स्थानीयले खबर गरेका छन्।’

प्रहरीले घटनास्थल भारतीय क्षेत्रमा भएकाले आवश्यक प्रक्रिया पनि उतैबाट हुने जनाएको छ। ‘आवश्यकताअनुसार भारतीय पक्षले हामीसँग पनि समन्वय गर्नेछ’, प्रहरी निरीक्षक कार्कीले भने, ‘तर भारतीय पक्षबाट अहिलेसम्म केही खबर आएको छैन।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । कोहलपुर *अहिलेको अवस्था कस्तो छ:* 1. *खाली जग्गा + भग्नावशेष*: वर्षौंदेखि मान्छे बसेको ठाउँ अहिले समथर परेको छ। कतै-कतै भत्किएको टहराको काठ, टिन, प्लास्टिकका टुक्रा छरिएका छन्। पहिले भीडभाड भएको ठाउँ अहिले सुनसान लाग्छ। 2. *पुल/सडक फराकिलो*: बस्ती हटेपछि सडक चौडा भएको छ। सरकारी पक्षले भनेको “व्यवस्थित सहर, ट्राफिकको समस्या कम” भन्ने दृश्य […]

दाङ । विश्व रक्तदान दिवसका अवसरमा त्रिभुवन नगर जेसिजले आइतबार घोराहीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। रक्तदान कार्यक्रममा ४९ जना बढीले रक्तदान गरेका थिए। त्रिभुवन नगर जेसिजका अध्यक्ष मिनराज भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले रक्तदान जीवनदानसँग जोडिएको कार्य भएका कारण यसलाई सबैले आफ्नो दैनिकी बनाउनुपर्ने बताउनुभयो […]

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

error: Content is protected !!