०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

ठुलो मात्रामा गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिन हवाई फायर २ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, पुष १४, २०८२

विराटनगर । गाँजा बोकेको एम्बुलेन्सलाई नियन्त्रणमा लिन मोरङमा प्रहरीले आइतबार राति हवाई फायर गरेको छ ।केराबारी गाउँपालिका–५ लाफा टोलमा राति करिब ११ बजे इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त टोलीले शंकास्पद अवस्थामा प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्स रोकेको सोही बेला हवाई फायर भएको हो ।

धनकुटाबाट मोरङ हुँदै भारततर्फ गाँजा ल्याइँदैछ भन्ने सूचनाका आधारमा इन्स्पेक्टर राजीव गिरी र असई फजिन्द्र तोलाङ्गीको नेतृत्वमा टोली परिचालन गरिएको थियो।

प्रहरीले रोक्नासाथ एम्बुलेन्समा सवार व्यक्ति भाग्न खोजेपछि नियन्त्रणका लागि असई तोलाङ्गीले चाइनिज पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेका थिए। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार त्यसपछि दुवै जनालाई नियन्त्रणमा लिन प्रहरी सफल भएको हो।

पक्राउ पर्नेमा एम्बुलेन्स चालक धनकुटाको सहिदभूमि गाउँपालिका–६ का ३५ वर्षीय निश्चल राई र एम्बुलेन्समा सवार साँगुरीगढी गाउँपालिका–२ का २० वर्षीय खगेन्द्र लिम्बू रहेका छन्।

खानतलासीका क्रममा एम्बुलेन्सभित्र १६ वटा पोकामा प्याक गरिएको अवस्थामा गाँजा बरामद भएको एसपी कटवालले बताए। गाँजाको तौल लिने काम बाँकी रहे पनि प्रारम्भिक अनुमानमा ४८० किलोभन्दा बढी रहेको प्रहरीले जनाएको छ ।

बरामद गाँजा, एम्बुलेन्स र पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखी लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ। इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

बाँके । कोहलपुर *अहिलेको अवस्था कस्तो छ:* 1. *खाली जग्गा + भग्नावशेष*: वर्षौंदेखि मान्छे बसेको ठाउँ अहिले समथर परेको छ। कतै-कतै भत्किएको टहराको काठ, टिन, प्लास्टिकका टुक्रा छरिएका छन्। पहिले भीडभाड भएको ठाउँ अहिले सुनसान लाग्छ। 2. *पुल/सडक फराकिलो*: बस्ती हटेपछि सडक चौडा भएको छ। सरकारी पक्षले भनेको “व्यवस्थित सहर, ट्राफिकको समस्या कम” भन्ने दृश्य […]

दाङ । विश्व रक्तदान दिवसका अवसरमा त्रिभुवन नगर जेसिजले आइतबार घोराहीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। रक्तदान कार्यक्रममा ४९ जना बढीले रक्तदान गरेका थिए। त्रिभुवन नगर जेसिजका अध्यक्ष मिनराज भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले रक्तदान जीवनदानसँग जोडिएको कार्य भएका कारण यसलाई सबैले आफ्नो दैनिकी बनाउनुपर्ने बताउनुभयो […]

error: Content is protected !!