०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

आईजीपी कार्कीद्वारा प्रहरी र पत्रकार बीचको सम्बन्ध नङ र मासुजस्तै अटुट हुने

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, पुष १४, २०८२

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी र सञ्चार क्षेत्रबीचको सम्बन्ध नङ र मासुजस्तै अटुट रहेको बताउनुभएको छ । सोमबार लुम्बिनी प्रेस क्लबको ११ औं स्थापना दिवस तथा तेस्रो लुम्बिनी न्युज फेस्टिवलको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

समाजमा लुकेका अपराधलाई बाहिर ल्याउन सञ्चार क्षेत्रले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै आईजीपी कार्कीले सन्तुलित पत्रकारिताले नै सञ्चार क्षेत्रप्रतिको विश्वास बढाउने धारणा राख्नुभयो । उहाँले कतिपय अवस्थामा प्रहरीभन्दा पहिले घटनास्थलमा पुगेर सञ्चारकर्मीले प्रमाण जुटाउन र दोषी पक्राउ गर्न मद्दत गरेको भन्दै सञ्चारकर्मीको सक्रियताको प्रशंसा गर्नुभयो ।

समारोहमा बोल्दै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले लुम्बिनीबाट सुरु भएको शान्ति पत्रयात्राले मुलुकमा स्थायी शान्ति स्थापनाका लागि पत्रकारको भूमिका महत्वपूर्ण रहेको सन्देश दिएको बताउनुभयो । यस्तै, प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले पत्रकारिताको मर्यादा र आचारसंहिता पालना गर्ने मिडियालाई काउन्सिलले सधैं संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

औपचारिक कार्यक्रम सुरु हुनुअघि आईजीपी कार्कीले पर्साचोकदेखि बेबी बुद्धसम्म आयोजित ‘हेरिटेज वाक’ को शुभारम्भ समेत गर्नुभएको थियो । कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाकी कार्यबाहक नगरप्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठ, प्रेस काउन्सिल सदस्य नकुल अर्याल लगायतले लुम्बिनीको पर्यटन प्रवद्र्धन र समाजलाई सकारात्मक दिशातर्फ लैजान पत्रकारिताको भूमिकाबारे चर्चा गर्नुभएको थियो । क्लबका अध्यक्ष कमल रायमाझीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थापक अध्यक्ष माधव ढुंगाना र संयोजक पुनहरि बेल्बासेले क्लबको यात्रा र योगदानबारे चर्चा गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । कोहलपुर *अहिलेको अवस्था कस्तो छ:* 1. *खाली जग्गा + भग्नावशेष*: वर्षौंदेखि मान्छे बसेको ठाउँ अहिले समथर परेको छ। कतै-कतै भत्किएको टहराको काठ, टिन, प्लास्टिकका टुक्रा छरिएका छन्। पहिले भीडभाड भएको ठाउँ अहिले सुनसान लाग्छ। 2. *पुल/सडक फराकिलो*: बस्ती हटेपछि सडक चौडा भएको छ। सरकारी पक्षले भनेको “व्यवस्थित सहर, ट्राफिकको समस्या कम” भन्ने दृश्य […]

दाङ । विश्व रक्तदान दिवसका अवसरमा त्रिभुवन नगर जेसिजले आइतबार घोराहीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। रक्तदान कार्यक्रममा ४९ जना बढीले रक्तदान गरेका थिए। त्रिभुवन नगर जेसिजका अध्यक्ष मिनराज भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले रक्तदान जीवनदानसँग जोडिएको कार्य भएका कारण यसलाई सबैले आफ्नो दैनिकी बनाउनुपर्ने बताउनुभयो […]

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

error: Content is protected !!