०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

तुलसीपुर महोत्सवको सम्पूर्ण तयारी पुरा महोत्सव उट्घाटन गर्न पर्यटन मन्त्री आउने

Logo
प्रकाशित बिहिबार, माघ ०९, २०७६

(शरद रेग्मी)
तुलसीपुर माघ ९ माघ १० गतेदेखि सुरु हुन थालेको तुलसीपुर महोत्सवमा सिसी क्यामेरा मार्फत निगरानी गरिने भएको छ । बुधवार महोत्सवस्थलमा पुगेका उच्च सुरक्षा अधिकारीहरुले महोत्सव अवधिभर राम्रो सुरक्षा प्रवन्ध मिलाउने प्रतिवद्धता जाहेर गरेका छन् । उनीहरुले महोत्सवमा तीन तहको सुरक्षा व्यवस्था गरिने बताएका छन् ।
‘तुलसीपुर महोत्सव पर्यटनसंग पनि जोडिएकाले हामीले सुरक्षा व्यवस्थापनको तयारी गरिसकेका छौं, तीन तहको सुरक्षा व्यवस्थापन हुनेछ’— प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने ।
महोत्सव स्थलमा प्रदेश प्रहरी प्रमुख डिआईजी सुरेश विक्रम शाहा, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख जनक प्रसाद भट्टराई, शशस्त्र प्रहरी वल ज्लालामाईका प्रमुख एसपी नारायणप्रसाद श्रेष्ठ र अनुसन्धानका एसपी टेकराज तिमिल्सेना स्थलगत निरिक्षणको लागि आएका थिए ।
महोत्सवलाई व्यवस्थित र सुरक्षित बनाउन सिसी क्यामेरा जडान गरि त्यसवाट निगरानी गरिने तथा पशल विमाको समेत व्यवस्था गरिएको आयोजक संस्था तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले जानकारी दिए ।
महोत्सव मुल आयोजक समितिका संयोजक विरु रावतले महोत्सवमा तयारी लगभग पुरा भएको जानकारी दिए । ‘ हामीले सामाजिक उत्तरदायित्वका साथ यो महोत्सव लागउन लागेका हौं,’ रावतले भने ‘ यसमा समाजका सबैको सहयोग अपरिहार्य छ।’ दोघरेमा निर्माणाधिन बहुउदेश्य सभाहल निर्माण पुरा गर्न र टरिगाउँ एयरपोर्टको विकाशमा पनि महोत्सवले केही सहयोग गर्ने उदेश्य राखिएको उनले बताए ।
वाणिज्यसंघका महासचिव रुपवहादुर खत्रीले महोत्सवलाई सफल बनाउन ३१ वटा उपसमितिहरु खटिने जानकारी दिए । उनले कुनैपनि गुनासो नआउने गरि व्यवस्थापनको प्रयास भइरहेको बताए ।
महोत्सवमा ५ लाख दर्शक ल्याउने, १५ करोड जतिको कारोवार हुने र एक करोड बढी बचत गर्ने लक्ष्य राखिएको छ । महोत्सवको उद्घाटन गर्न पर्यटन मन्ँत्री योगेश भट्टराई आउने भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । जेठ मसान्तबाट कुनै पनि नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भएता पनि साउनको पहिलो हप्तासम्म पनि तस्करी जारी रहेको छ । सरोकारवाला निकायहरू थाहा नपाएजस्तै मौन देखिएका छन् ।सुनवल नगरपालिका–११ अन्तर्गत पर्ने भुमही खोलाबाट दैनिक दिनदहाडै ढुङ्गा, मिस्कटलगायतका नदीजन्य सामग्रीहरूको तस्करी भइरहेको छ । तर, स्थानीय तहदेखि सुरक्षा निकायसम्म मौन छन् । विशेष […]

बाँके । नेपालगञ्ज,वडा नं. ८ शहरको मुटु मानिने महेन्द्र पार्क तथा मिनी चिडियाखानाको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ। सार्वजनिक सरोकारको यो स्थलमा फोहोरको उचित व्यवस्थापन नहुँदा चिडियाखानामा रहेका जनावरहरू बिरामी हुने र मर्ने जोखिममा परेका छन्। पार्कभित्रको पोखरीमा पानी हरियो भएको, फोहर, लेदो र सडेगलेका वस्तुहरू खुला रूपमा देखिएको छ। पानीमा हरियो लेउ र […]

दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष ८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन दाङ । कोइलाबास एक मात्रै भन्सार नाका कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी राजस्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० […]

error: Content is protected !!