०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

देउखुरीमा ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक,पर्यटन तथा कृषि महोत्सवको सुरु

Logo
बिदुर एमसी प्रकाशित शुक्रबार, पुष २५, २०८२

 

दाङ । भालुवङ लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवको सुरु भएको छ।

उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानले महोत्सवको उद्घाटन गरे।

प्रदेशको समृद्धि उद्योग, पर्यटनको क्षेत्रमा गर्न सकिने बताउदै स्थानीय अर्थतन्त्रलाई मेला महोत्सवको माध्यमबाट बलियो बनाउन सकिने धारणा राखेका छन्। स्थानीय उत्पादनको बजारीकरणकालागि महोत्व गतिलो माध्यम भइरहेको बताउदै यसलाई अवसरको रुपमा सदुपयोग गर्न आह्वान गरे।

राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा सुरु भएको महोत्सवको माध्यमबाट देउखुरी भित्र रहेका अपार सम्भावना बोकेका र अवसरको खोजीमा रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धधनमा थप टेवा पुग्ने, कला संस्कृतिको संरक्षण सँगै स्थानीय स्तरमा उत्पादीत वस्तुहरुको बजारीकरण गर्नुको साथै उत्पादनमा बृद्धि गरी आर्थिक पक्ष सवल गराउने विश्वास लिइएको बाणिज्य संघका अध्यक्ष सुरज खड्काले जानकारी दिए।

महोत्सवमा विभिन्न १ सय ५० वटा स्टलहरु रहेका छन्। जसमा करिव २० वटा कृषि तथा उद्यम विकासका स्टल राखिएको छ। महोत्सव अवधीभर करीब १ लाख २० हजार बढी दर्शकले महोत्सवको अवलोकन गर्ने र १ करोड बढीको कारोवार हुने अनुमान रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । कोहलपुर *अहिलेको अवस्था कस्तो छ:* 1. *खाली जग्गा + भग्नावशेष*: वर्षौंदेखि मान्छे बसेको ठाउँ अहिले समथर परेको छ। कतै-कतै भत्किएको टहराको काठ, टिन, प्लास्टिकका टुक्रा छरिएका छन्। पहिले भीडभाड भएको ठाउँ अहिले सुनसान लाग्छ। 2. *पुल/सडक फराकिलो*: बस्ती हटेपछि सडक चौडा भएको छ। सरकारी पक्षले भनेको “व्यवस्थित सहर, ट्राफिकको समस्या कम” भन्ने दृश्य […]

दाङ । विश्व रक्तदान दिवसका अवसरमा त्रिभुवन नगर जेसिजले आइतबार घोराहीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। रक्तदान कार्यक्रममा ४९ जना बढीले रक्तदान गरेका थिए। त्रिभुवन नगर जेसिजका अध्यक्ष मिनराज भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले रक्तदान जीवनदानसँग जोडिएको कार्य भएका कारण यसलाई सबैले आफ्नो दैनिकी बनाउनुपर्ने बताउनुभयो […]

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

error: Content is protected !!