१२ कार्तिक २०८३, बुधबार
28-10-2026 , Wed
×

त्रिभुवन नगर जेसिजद्वारा बृहत रक्तदान कार्यक्रम रक्तदानलाई सबैले दैनिकी बनाउनुपर्ने : सबिन प्रियसन

Logo
ABC-Sanchar प्रकाशित सोमबार, आषाढ ०१, २०८३

दाङ । विश्व रक्तदान दिवसका अवसरमा त्रिभुवन नगर जेसिजले आइतबार घोराहीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। रक्तदान कार्यक्रममा ४९ जना बढीले रक्तदान गरेका थिए। त्रिभुवन नगर जेसिजका अध्यक्ष मिनराज भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले रक्तदान जीवनदानसँग जोडिएको कार्य भएका कारण यसलाई सबैले आफ्नो दैनिकी बनाउनुपर्ने बताउनुभयो । उहाँले मानिसलाई रगत जतिबेला पनि चाहिने भएका कारण सबै स्वस्थ मान्छेले अनिवार्य ३/३ महिनामा रक्तदान गर्नुपर्ने, रक्तदानलाई मान्छेको दैनिकीसँग जोड्नको लागि राज्यले रक्तदानको महत्वलाई पाठ्यक्रममै राख्नुपर्ने, सबै सामाजिक संघसंस्थाहरुले कम्तिमा पनि वर्षमा चार पटक रक्तदान कार्यक्रमको आयोजना गर्नुपर्ने बताउनुभयो।

 

कार्यक्रमका विशिष्ट अतिथि रक्त सञ्चार केन्द्र घोराहीका प्रमुख दिलिप न्यौपानेले हाल मासिक एकहजार point रगत आवश्यक पर्ने भएका कारण अनिवार्य सबैले रक्तदान गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा विभिन्न क्षेत्रबाट आएका व्यक्तिहरूले रक्तदान गर्नुका साथै स्वास्थ्य परीक्षण समेत गरेका थिए। रक्तदान कार्यक्रमका संयोजक पुकार शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेसिजका श्रीसन अधिकारीले जेसी आस्थापाठ गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण जेसिजका सचिव रणबहादुर खड्काले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]