२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

त्रिभुवन नगर जेसिजद्वारा बृहत रक्तदान कार्यक्रम रक्तदानलाई सबैले दैनिकी बनाउनुपर्ने : सबिन प्रियसन

Logo
ABC-Sanchar प्रकाशित सोमबार, आषाढ ०१, २०८३

दाङ । विश्व रक्तदान दिवसका अवसरमा त्रिभुवन नगर जेसिजले आइतबार घोराहीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। रक्तदान कार्यक्रममा ४९ जना बढीले रक्तदान गरेका थिए। त्रिभुवन नगर जेसिजका अध्यक्ष मिनराज भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले रक्तदान जीवनदानसँग जोडिएको कार्य भएका कारण यसलाई सबैले आफ्नो दैनिकी बनाउनुपर्ने बताउनुभयो । उहाँले मानिसलाई रगत जतिबेला पनि चाहिने भएका कारण सबै स्वस्थ मान्छेले अनिवार्य ३/३ महिनामा रक्तदान गर्नुपर्ने, रक्तदानलाई मान्छेको दैनिकीसँग जोड्नको लागि राज्यले रक्तदानको महत्वलाई पाठ्यक्रममै राख्नुपर्ने, सबै सामाजिक संघसंस्थाहरुले कम्तिमा पनि वर्षमा चार पटक रक्तदान कार्यक्रमको आयोजना गर्नुपर्ने बताउनुभयो।

 

कार्यक्रमका विशिष्ट अतिथि रक्त सञ्चार केन्द्र घोराहीका प्रमुख दिलिप न्यौपानेले हाल मासिक एकहजार point रगत आवश्यक पर्ने भएका कारण अनिवार्य सबैले रक्तदान गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा विभिन्न क्षेत्रबाट आएका व्यक्तिहरूले रक्तदान गर्नुका साथै स्वास्थ्य परीक्षण समेत गरेका थिए। रक्तदान कार्यक्रमका संयोजक पुकार शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेसिजका श्रीसन अधिकारीले जेसी आस्थापाठ गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण जेसिजका सचिव रणबहादुर खड्काले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]