१३ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

ईरानमा प्रदर्शनका क्रममा हालसम्म ४९० ६८ सुरक्षा कर्मचारी गरी ५५८ जनाको मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, पुष २८, २०८२

एजेन्सी । इरानमा बढ्दै गएको आर्थिक सङ्कटको विरोध गर्दै सुरु भएको सरकार विरोधी प्रदर्शन दुई हप्तामा देशव्यापी बनेको छ । अमेरिकी मानव अधिकार समूह एचआरएएनएका अनुसार प्रदर्शनका क्रममा हालसम्म ४९० प्रदर्शनकारी र ६८ सुरक्षा कर्मचारी गरी ५५८ जनाको मृत्यु भएको छ । करिब १० हजार प्रदर्शनकारी पक्राउ परेका छन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले एचआरएएनएको उक्त तथ्याङ्क सार्वजनिक गरे पनि स्वतन्त्र रूपमा पूर्ण पुष्टि हुन बाँकी रहेको जनाएको छ । इरानी अधिकारीहरूले प्रदर्शनलाई विदेशी शक्तिको उक्साहटमा भएको ‘दङ्गा’ भन्दै आएका छन् र आधिकारिक मृत्यु सङ्ख्या सार्वजनिक गरेका छैनन् ।

प्रदर्शन गत डिसेम्बर २८ मा राजधानी तेहरानको ग्राण्ड बजार क्षेत्रबाट महँगीविरुद्ध सुरु भएको थियो । सरकारले प्रदर्शनकारीहरूमाथि दमन गरेपछि चाँडै नै प्रदर्शन सरकार विरोधी नारा सहित देशका सबै प्रान्तका एक सय भन्दा बढी सहरमा फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन । कृषि उपज बजार सञ्चालक समितिकी अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मसिनास्थित नागेश्वर मन्दिर परिसरमा नेपालकै ठूलो नाग प्रतिमा र मन्दिर बनाइने भएको छ । नागेश्वर महादेव पार्वती मन्दिरको एघारौँ साधारणसभा एवं चौथो अधिवेशनले नागेश्वर मन्दिर परिसरमा नेपालकै ठूलो नाग प्रतिमा र मन्दिर बनाउनको लागि विशेष अभियान चलाउने निर्णय गरेको छ । सो अवसरमा बोल्ने वक्ताहरूले धार्मिक र प्राकृतिक […]

बाँके । नेपालगन्जमा शनिबार अपराह्न लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। घटनास्थलमा पुगेपछि प्रहरीलाई देख्नासाथ केही व्यक्तिहरू भाग्ने प्रयास गरेका थिए। तर, प्रहरी पूर्ण तयारीका साथ पुगेकाले भाग्ने प्रयास असफल भयो। भाग्न खोज्ने क्रममा नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड गोली चलाएको थियो। त्यसपछि ३ जना लागुऔषध कारोबारीलाई ३७० ग्राम ब्राउन […]

error: Content is protected !!