१७ कार्तिक २०८३, मंगलबार
03-11-2026 , Tue
×

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता काफ्लेद्वारा देशभरका प्रहरी प्रवक्ताहरुलाई Virtual Conference मार्फत निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक १७, २०८३

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक श्री अवि नारायण काफ्लेले देशभरका प्रहरी कार्यालयहरूमा प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारीमा रहनुभएका प्रहरी अधिकृतहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता काफ्लेद्वारा
देशभरका प्रहरी प्रवक्ताहरुलाई Virtual Conference मार्फत निर्देशन, मार्फत आवश्यक निर्देशन दिनुभएको छ।

प्रहरी प्रधान कार्यालयमा आयोजित उक्त कार्यक्रममा उपत्यकास्थित कार्यालयका प्रवक्ता / सूचना अधिकारीहरूको भौतिक उपस्थिति रहेको थियो भने उपत्यका बाहिरका कार्यालयका अधिकृतहरू भर्चुअल रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा केन्द्रीय प्रहरी प्रवक्ताज्यूले प्रवक्ता / सूचना अधिकारीहरूले आमनागरिक तथा सरोकारवाला निकायहरूसँग सूचना आदान-प्रदान गर्दा सूचनाको हक र गोपनीयताको हकलाई प्राथमिकतामा राखी जिम्मेवारीपूर्ण तथा जवाफदेही रूपमा भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो। साथै प्रहरी महानिरीक्षकज्यूबाट भएका निर्देशन तथा विभिन्न विभागीय परिपत्रहरूको अक्षरशः पालना गर्नुहुन समेत निर्देशन दिनुभयो।

यसका अतिरिक्त, प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालको प्रयोग गर्दा प्रहरी आचारसंहिता पालना गरे / नगरेको सम्बन्धमा नियमित अनुगमन गर्ने र आचारसंहिता उल्लंघन गरेको पाइएमा प्रहरी नियमावली बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउन समेत उहाँले स्पष्ट पार्नुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक श्री अवि नारायण काफ्लेले देशभरका प्रहरी कार्यालयहरूमा प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारीमा रहनुभएका प्रहरी अधिकृतहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता काफ्लेद्वारा देशभरका प्रहरी प्रवक्ताहरुलाई Virtual Conference मार्फत निर्देशन, मार्फत आवश्यक निर्देशन दिनुभएको छ। प्रहरी प्रधान कार्यालयमा आयोजित उक्त कार्यक्रममा उपत्यकास्थित कार्यालयका प्रवक्ता / सूचना अधिकारीहरूको भौतिक […]

  बाँके । नेपालगञ्ज अवैध रूपमा भारतबाट ल्याइएको बोइलर कुखुराको मासु प्रहरीले बरामद गरेको छ। जिल्ला बाँके, नेपालगञ्ज उप-महानगरपालिका-१० गणेशमान चोकबाट अवैध रूपमा ल्याइएका अन्दाजी ९० किलोग्राम तयारी बोइलर कुखुराको मासु नियन्त्रणमा लिइएको हो। बरामद गरिएको मासु आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, नेपालगञ्ज बाँकेमा पठाइएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

नेपालको आर्थिक समृद्धिका लागि शिक्षालाई उत्पादन र सीपसँग जोडौँ **सम्पादकीय** नेपालको आर्थिक अवस्था अझै पनि अपेक्षाकृत कमजोर छ। प्राकृतिक स्रोतसाधन, जलस्रोत, उर्वर भूमि, वनजङ्गल र श्रमशक्तिको पर्याप्त सम्भावना हुँदाहुँदै पनि नेपालले आफ्नो आवश्यकता पूरा गर्न ठूलो मात्रामा विदेशी उत्पादनमा निर्भर रहनुपरेको छ। खाद्यान्नदेखि तरकारी, फलफूल, लत्ताकपडा, दैनिक उपभोग्य वस्तु र सामान्य कृषिजन्य उत्पादनसमेत विदेशबाट आयात […]