०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
×

राष्ट्रियसभामा निर्वाचित प्रदेश पाँचमा नेकपाका उम्मेदवारहरु विजयी

Logo
प्रकाशित शुक्रबार, माघ १०, २०७६

(एबिसी संचार)
दाङ, माघ १० राष्ट्रियसभा सदस्यका लागि विहीवार दाङमा भएको निर्वाचनमा प्रेदश ५ मा नेकपाका तीनै जना उम्मेदवार विजयी भएका छन् ।सत्तारुढ दल नेकपाबाट अपाङ्ग सदस्यमा दाङका जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलवस्तुबाट विमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्टराई निर्वाचित भएका छन् । दाङका शर्मा गत प्रदेशसभा सदस्यमा पराजित भएका थिए । उनले दाङको निर्वाचन क्षेत्र नं. ३ को (क)मा नेपाली काँग्रेसका नेता डिल्लीबहादुर चौधरीसंग पराजित भएका थिए । रुकुमवाट निर्वाचन पूर्व बसाई सराई गरेर तुलसीपुर झरेका उनी नेकपाका नेता तथा पूर्व गृहमन्त्री जनार्दशन शर्माका आफन्त पनि हुन । शर्मा नेकपा प्रदेश नं. ५का सचिव पनि हुन ।
राष्ट्रिसभाका तीन जना सदस्य पदका लागि नौंको बीचमा प्रतिपर्धा भएको थियो । नेकपा र कांग्रेस बाट समान तीन÷तीन जना, समाजवादी पार्टीबाट दुई जना र राष्ट्रिय जनमोर्चा पार्टीबाट एक जनाले प्रतिपर्धा गरेका थिए ।
कांग्रेसबाट महिला सदस्यमा दाङबाट गिरिजादेवी न्यौपाने, अल्पसंख्यक सदस्यमा बाँकेबाट मेराज अहमद हलवाई र अन्यबाट अर्घखाचीबाट बालकृष्ण पाण्डेय उम्मेदवार थिए । त्यस्तै समाजवादी पार्टीबाट अल्पसंख्यक सदस्यमा बाँकेबाट सुनिलकुमार सिंघल र अन्यबाट बर्दियाका कृष्णप्रसाद अहिर उम्मेदवार थिए । त्यसैगरी राष्ट्रिय जनमोर्चाले अन्य सदस्यका लागि कपिलवस्तुबाट शिवप्रसाद पौडेललाई उम्मेदवार बनाएको थियो ।
प्रदेशका १२ जिल्लाका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय १८ जना मतदाता रहेकोमा २ सय १७ मत खसेको थियो भने प्रदेशसभा सदस्यको संख्या ८७ रहेकोमा ८६ मत खसेको जिल्ला निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । राष्ट्रियसभा सदस्य चुन्न दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा विहान १० बजेदेखि बेलुका ४ बजेसम्म मतदान भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । हर्ड इन्टरनेसनलको पराग सेचन परियोजनाअन्तर्गत घोराही उपमहानगरपालिका–१४ स्थित लखन पार्कमा पराग सेचनका लागि उपयोगी बहुमूल्य फूल तथा अत्यावश्यक वनस्पतिका बिरुवा रोपिएको छ। परियोजनाले आगामी तीन वर्षसम्म पार्कमा आवश्यक पर्ने विभिन्न जातका फूल तथा वनस्पतिका बिरुवा उपलब्ध गराउने भएको छ। परियोजनाअन्तर्गत मंगलबार आयोजित कार्यक्रममा लखन पार्क परिसरमा विभिन्न प्रजातिका फूल तथा वनस्पतिका बिरुवा वृक्षारोपण […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलिले गोप्य सूचनाको आधारमा नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगर र वडा नं. २ सुर्खेत रोडस्थित ३ वटा स्पा सेन्टरमा छापा मारेर भारतीय नागरिक गुडिया खान, दुर्गा थारु तर्कराज देवकोटालाई पक्राउ गरेको छ। उनीहरूले विभिन्न उमेरका नाबालिकालाई गैरकानुनी रूपमा स्पामा काममा लगाएको आरोप छ। बाँके प्रहरीले पीडित बालबालिकाको उद्धार गरेको […]

बाँके । सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलद्वारा बाँके बर्दिया स्थित सशस्त्र प्रहरी बलका विभिन्न युनिटहरूको औपचारिक निरीक्षण भ्रमण गर्नुभएको छ । निरीक्षणका क्रममा भएका मुख्य कामहरू: बाँके र बर्दियाका विभिन्न बीओपी, गुल्म र बाहिनी मुख्यालयको स्थलगत निरीक्षण गर्दै सुरक्षा व्यवस्था, ब्यारेक, अभिलेख र हातहतियारको अवस्थाबारे जानकारी लिनुभयो। आवश्यक […]