२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

कोहलपुर प्रहरीले ११ बर्षिय बालिकालाई यौन प्रयास गरेको आरोपमा एक युवक पक्राउ

Logo
प्रकाशित शुक्रबार, माघ १०, २०७६

(सागर थापा)
बाँके माघ १० कोहलपुरबाट यौन दुराचार प्रयासको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन । कोहलपुर नगरपालिका वडा नं। ११ स्थित एक होटल संचालकी ११ वर्षिय छोरीलाई यौन दुराचार गरेको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुलदिप चन्दका अनुसार बालिकाको परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले आरोपीलाई पक्राउ गरी अनुसन्धान पक्रिया अगाडी बढाईएको छ । वालिकाको स्वास्थ्य परिक्षण गरी अनुसन्धानकालागि कानुनी प्रक्रिया सुरु गरीएको चन्दले बताए ।
बेलुका होटलमा खाजा खान आएका ब्यक्तिले वालिकालाई यौनदुराचार गरेको भन्दै वालिकाका परिवारले ईलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दर्ता गराएका थिए । सोही उजुरीका आधारमा अनुसन्धान अगाडी बढाईएको कोहलपुर प्रहरी प्रमुख डिएसपी चन्दले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नु भएका सविन प्रियासनले आफ्नो पहिलो कविता संग्रह, ‘केपी शर्म ओली, समृद्धिका महानायक’ प्रकाशन गर्न लागि रहनु भएको छ । मंसिरको अन्तिमसाता बजारमा ल्याउन लागिएको कविता संग्रहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन, उहाँ राजकीय भूमिकामा गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म गरेका कामहरुलाई कवितामा […]

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

error: Content is protected !!