२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

कोहलपुर प्रहरीले ११ बर्षिय बालिकालाई यौन प्रयास गरेको आरोपमा एक युवक पक्राउ

Logo
प्रकाशित शुक्रबार, माघ १०, २०७६

(सागर थापा)
बाँके माघ १० कोहलपुरबाट यौन दुराचार प्रयासको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन । कोहलपुर नगरपालिका वडा नं। ११ स्थित एक होटल संचालकी ११ वर्षिय छोरीलाई यौन दुराचार गरेको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुलदिप चन्दका अनुसार बालिकाको परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले आरोपीलाई पक्राउ गरी अनुसन्धान पक्रिया अगाडी बढाईएको छ । वालिकाको स्वास्थ्य परिक्षण गरी अनुसन्धानकालागि कानुनी प्रक्रिया सुरु गरीएको चन्दले बताए ।
बेलुका होटलमा खाजा खान आएका ब्यक्तिले वालिकालाई यौनदुराचार गरेको भन्दै वालिकाका परिवारले ईलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दर्ता गराएका थिए । सोही उजुरीका आधारमा अनुसन्धान अगाडी बढाईएको कोहलपुर प्रहरी प्रमुख डिएसपी चन्दले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

error: Content is protected !!