०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

दर्पन पोष्टका सम्पादक र निर्देशकले पाए सफाइ

Logo
प्रकाशित शुक्रबार, माघ १०, २०७६

(एबिसी संचार)
माघ ९, काठमाडौं । दर्पण पोष्ट डिजिटल पत्रिकाका सम्पादक र निर्देशकले सफाइ पाएका छन । मंगलबार जिल्ला अदालत झापाले पत्रिकाका सम्पादक टंक सुनार र निर्देशक विमल भट्टराइलाई सफाई दिएको हो ।
गत बैसाख ९ गते झापाको हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले लिखि गाली वैजती गरेको भन्दै ३ बर्ष कैद र ७० हजार रुपैया विगो माग दाबी सहित जिल्ला अदालत झापामा मुद्धा दायर गरेका थिए ।
२०७५ चैत्र ११ गते दर्पण टिभि डट कम मा प्रकाशित बलात्कारको मुद्धा मिलाउँछु भन्दै गाउँपालिका प्रमुख फरार शीर्षकको समाचारको बिषयलाई लिएर नाम मिल्दो जुल्दो भएको आधारमा गाउँपालिका अध्यक्षले लिङ्देनले मुद्धा दायर गरेका थिए । जिल्ला अदालत झापाले माघ ७ गते मंगलबार मुद्धा खारेज गरीदिएको हो । मुद्धा लड्नका लागि फ्रिडम फोरम नेपालले सहयोग गरेको थियो । भट्टराइ धेरै मिडियामा आबद्ध पनि हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार महतोविरुद्ध विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा […]

दाङ । घोराहीबाट लमही जाने सडकखण्ड अन्तर्गत बेल्दमारको पहिलो घुम्तीनेर रातिको समयमा पाटे बाघ देखिएको छ। ट्रकलाई ओभरटेक गर्ने क्रममा पाटे बाघले झम्टिनबाट मुस्किलले ज्यान जोगिएको प्रत्यक्षदर्शीले बताएका छन्। साँझपख उक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन दाङ प्रहरीले सबैमा अनुरोध गरेको छ।

दाङ । घोराही विश्व शान्ति दिवस–२०२६ को अवसरमा ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र, दाङमा प्राकृतिक विपद्का कारण दिवंगत भएका आत्माहरूको शान्तिको कामनासहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। ‘सबैका लागि, जहाँसुकै, हरेक दिन शान्तिमा लगानी गरौँ’ भन्ने यस वर्षको शान्तिको सन्देशसहित सोमबार २०८३ असोज ५ गते (२१ सेप्टेम्बर २०२६) कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल […]