२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मिडिया बिधेयक विरुद्ध पत्रकारहरु सडकमा जान्छौं केन्द्रिय कार्वाही अध्यक्ष:पोख्रेल

Logo
प्रकाशित शनिबार, माघ ११, २०७६

(सिमा गुरुङ)
बुटवलमा शुक्रबार नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विपुल पोखरेलले सरोकारवालाहरुसँग छलफल नै नगरी सरकारले मिडिया विधेयक ल्याएर निरङ्कुशतातर्फ जान खोजेको आरोप लगाएका छन् । ‘मिडिया र आम नागरिकलाई नै कुण्ठित पार्ने गरि ल्याईएको सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयकले सरकार निरङ्कुशतातर्फ जान खोजेको संका उत्पन्न भएको छ ।’ – पोखरेलले भने, यसका विरुद्ध हामी सडकमा जान पनि तयार छौ ।
रिपोटर्स क्लब प्रदेश ५ ले शुक्रबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पोखरेलले भने ‘हामीलाई सडकमा जानका लागि बाध्य पारिदैं छ । त्यसका लागि अहिले हामी पूर्व-तयारीमा छौं ।’साक्षात्कारमा बोल्दै नेपाल बार एसोसिएशन उच्च अदालत तुल्सिपुर बुटवलका अध्यक्ष जोकबहादुर खत्रीले सरकारले ल्याएको मिडिया विधेयकलाई खारेज गर्न माग गरे । सरकार आफ्नो दम्भमा निरङ्कुशतातर्फ अग्रसर भएको औल्याउदै उनले प्रतिपक्ष दलको भूमिकामा समेत प्रश्न उठाए ।’विरोध गर्नुपर्ने कुराहरुलाई प्रतिपक्ष दलले एक पटक विरोध सभा गरेर मात्रै भूमिका पूरा हुँदैन ।’ – उनले भने, जनमत तयार पार्नका लागि भएपनि जनहित विरुद्ध सरकारका क्रियाकलापहरुमा लगातार आवाज उठाउन सक्नु पर्छ ।
कार्यक्रममा बोल्दै राष्ट्रय समाचार संस्थाका पूर्व अध्यक्ष बालकृष्ण चापागाईले पार्टिगत संगतले पत्रकारीता भुत्ते भएको टिप्पणी गरे । निश्पक्ष पत्रकारीतालाई जोड दिँदै उनले सरकारले ल्याएको मिडिया विधेयकले लेखेकै भरमा बोलेकै भरमा जेल जानु पर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!