२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

तुल्सीपुर महोत्सवमा जनसागर राजेश हमाल र टीका जैसीको जोरदार प्रस्तुती

Logo
प्रकाशित शनिबार, माघ ११, २०७६

(शरद रेग्मी) दाङ माघ ११ तुलसीपुरमा विजुली चम्क्यो, के रैछ भन्या महोत्सव लागेर । यहिं जन्मिएर राष्ट्रिय ख्याती कमाएका कृष्ण रेउलेको भाखाको गित थियो, सव्द भने उनको होइन । त्यसैमा नेपाली सिनेक्षेत्रका महानायक राजेश हमालको प्रस्तुतीले तुलसीपुरलाइ साझ सम्मै व्युझाएको थियो ।
‘रातो टिका निधारमा टलक्क टल्कियो, उनको यो गायनले युवादेखि बालवालिका र बृद्धबृद्धाहरुलाइ पनि आकर्शित गरेको थियो । मेला महोत्सव आफैमा रमाइकालागी हो, त्यसैले आयोजक तुलसीपुर उद्योग वाणिज्य संघले महोत्सवलाइ भव्य र सभ्य बनाउन सुरक्षा प्रवन्ध देखि सहज यातायात र कलाकर्मिहरुलाइ पालैपालो व्यवस्थापन गरेको छ ।
राजेशहमाल एउटा पात्र मात्रै हुन, धेरै कलाकारहरु तुलसीपुरको महोत्सवमा आउने छन् । यहिंकै चेलि श्रीजु अधिकारी, कमल गाउंले कृष्ण रेउले लगायत भुरपुर कलाकारहरु छन् । महोत्सवलाइ भव्य र सभ्य बनाउन कलाकर्मिहरु पनि लागीरहेका छन् । दाङको तुलसीपुरमा आयोजना भएको महोत्सवमा स्यांजाबाट उमादेवी खनाल पनि आइपुगेकि छिन् ।
उनको कलाकारीतालाइ दाङले भव्य स्वागत गरेको पनि छ । उनको एंकरीङले पनि महोत्सवको दोस्रो दिन भव्य बनाएको छ । उमालाइ दाङले यहिं बसाउन खोजेको थियो, तर मेला महोत्सउव सकिएसंगै उनी आफ्नै गृहजिल्ला जाने छिन् । कमल गाउलेले हसाउनुसम्म हसाए, दिपक कुमालले पनि सहाजीकरण गरे, स्वयमसेवकहरु त्यत्तिकै रु्रपमा सक्रिय भएका थिए ।
महोत्सवले आम दाङबासीलाइ तानेको छ । कृषिका स्टलहरुदेखि व्यवसायमि स्टल कुनैपनि खालि थिएनन् । किनकि दाङ जिल्ला आफैमा पनि स्वाभिमान जिल्ला हो ।
भरीभराउ स्टल, भरीभराउं दर्शकले तुलसीपुर महोत्सवको सफलता बोलिसकेको छ । तरकारीको मालाको प्रंशंसा योग्य हो । च्याउका स्टल, वयरबोकाका स्टल, निशुल्क स्वास्थ्य शिविर र पुरन्धाराको छहरा सम्मको साइकिल यात्राले पनि महोत्सवलाइ नेपाल भ्रमण बर्षसंग जोडेको छ ।
‘मर्निङ सो द डेज, हामीलाइ महोत्सव सफल हुने देखिइसकेको छ,महाोत्सव मुल आयोजक समितिका संयोजक विर वहादृुर रावतले भन्नुभयो । तुलसीपुर महोत्सव नेपाल भ्रमण बर्षसंग जोडिएको छ । यसकालागी पर्यटन प्रवद्र्धनलाइनै महोत्सवले मुख्य ध्यान केन्द्रित गरेको छ । संगै मनोरन्जनलाइ पनि प्रार्थमिकतामा राखिएको छ । सनीवारैदेखि विंगो हाउजिङ पनि सुरु भएको छ ।
यस्तै महोत्सवमा कालो कपाल, जिन्स पायन्ट र सर्टमा उपस्थीत भएका नेपाली सिने क्षेत्रका महानायक राजेश हमालले आफु बुढो नभएको अभिव्यक्ति दिए । ठट्टाकै शैलिमा हमालले आफु कलाकारीता क्षेत्रमा बुढो नहुन अभिव्यक्ति दिए ।
‘सुर्य पश्चिमबाट उदाएको दिन मात्र म बुढो हुने छु भन्ने लाग्छ,’चलचित्र पत्रकार संघ दाङको आतिथ्यमा भएको पत्रकार सम्मेलनमा महानायक हमालले भने । साथै उनले कलाकारीतालाइ जिवन्त राख्ने सवालमा आफु सधै लागीरहने पनि अभिव्यक्ति दिए ।
‘कलाकारीता जिवन्त हो, अमृत पनि हो’, त्यसैले मैले पनि कहिल्यै विश्राम नलिने अभिव्यक्ति दिए । नेपाल चलचित्र पत्रकार संघ दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संघका शरद रेग्मीले गरेका थिए भने कार्यक्रमको सहजीकरण उपाध्यक्ष सन्तोस केसीले गरेका थिए ।
यस्तै आईतबार महाेत्सवमा पुस्कल शर्मा, टिका सानु, रिता केसी, रेश्मी तामाङ कमल गाउंले, कमल रेउले, देवेन्द्र बस्नेत, शिव पुन लगायतका कलाकारहरुले महोत्सव तताउने छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!