बाँके । महाशिवरात्रीको अवसरमा जिल्ला बाँकेको नेपालगंज उपमहानगरपालिका २ स्थित बागेश्वरी मन्दिर परिसरमा नि:शुल्क स्वास्थ्य परीक्षण तथा पानी वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।
वडा प्रहरी कार्यालय नेपालगंज, बाँकेको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सहायता कक्ष स्थापना गरी दर्शनार्थी तथा उपस्थित भक्तजनहरूलाई नि:शुल्क पानी वितरण गरिएको हो। साथै, उक्त नागरिक सहायता कक्षमार्फत संजिवनी कलेज अफ मेडिकल साइन्सेज प्रा.लि. को सहकार्यमा भक्तजनहरूको नि:शुल्क स्वास्थ्य परीक्षण समेत गरिएको जनाइएको छ।
प्रहरीले धार्मिक तथा सांस्कृतिक अवसरमा नागरिकलाई सहज, सुरक्षित र सहयोगमूलक वातावरण प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।