३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

नेपाल प्रहरीलाई आईजीपी दानबहादुर कार्कीको ठाडो निर्देशन अपराधी समात्न आदेश कुर्नु पर्दैन,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित सोमबार, फाल्गुण ०४, २०८२

काठमाडौं । दानबहादुर कार्कीले देशभरका प्रहरी इकाइलाई कडा सन्देश दिँदै अपराध नियन्त्रणमा सक्रियता बढाउन निर्देशन दिनुभएको छ। उहाँले स्पष्ट शब्दमा भन्नुभयो—अपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई पक्राउ गर्न माथिल्लो आदेश कुर्नु आवश्यक छैन, कानुनअनुसार तुरुन्तै कारबाही अघि बढाउनुपर्छ।
शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत सम्बोधन गर्दै आईजीपी कार्कीले आसन्न निर्वाचनलाई राष्ट्रिय संकल्पका रूपमा लिएर भयरहित, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना कार्यान्वयन गर्न आग्रह गर्नुभयो। उहाँले सम्भावित सुरक्षा चुनौतीबारे समयमै सूचना संकलन, विश्लेषण र प्रभावकारी प्रहरी परिचालनमा जोड दिनुभयो।
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने तथा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन उच्च सतर्कता अपनाउन निर्देशन दिँदै उहाँले अन्य सुरक्षा निकाय र सरोकारवाला पक्षसँग निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो।
प्रहरी कर्मचारीलाई तटस्थ, इमानदार र व्यावसायिक ढंगले जिम्मेवारी निर्वाह गर्न निर्देशन दिँदै आईजीपी कार्कीले निर्वाचन अवधिमा खटिने अतिरिक्त प्रहरी जनशक्तिको उचित व्यवस्थापन र परिणाममुखी परिचालनमा विशेष ध्यान दिन आग्रह गर्नुभयो। साथै, निर्वाचन प्रहरीका गुनासा सम्बोधन र उनीहरूप्रति संवेदनशील व्यवहार अपनाउन समेत जोड दिइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!