१६ कार्तिक २०८३, सोमबार
02-11-2026 , Mon
×

फागुनको अन्त्यदेखि चैत महिनासम्म मात्र फुल्ने लालीगुराँस माघमै फुल्न थालेपछि स्थानीयवासी अचम्मित,

Logo
ABC-Sanchar प्रकाशित सोमबार, फाल्गुण ०४, २०८२

दैलेख । नेपालका पहाडी भेगमा फागुन–चैततिर मात्र फुल्ने लालीगुराँस यस वर्ष भने तापक्रम वृद्धि, वर्षा तथा हिमपातमा आएको कमीका कारण समयअघि नै फुल्न थालेको हो।  विशेष गरी बडिमालिका क्षेत्र, त्रिवेणी नगरपालिका तथा खप्तड छेडेदह गाउँपालिका आसपासका वन क्षेत्रमा अहिले नै लालीगुराँस ढकमक्क फुलेको दृश्य देख्न सकिन्छ। पहिला माघ महिनामा बाक्लो हिमपात हुने गरे पनि यस वर्ष हिमपात ढिला र न्यून मात्रामा भएको स्थानीयको भनाइ छ।

डिभिजन वन कार्यालय बाजुराका अनुसार यस वर्ष तापक्रम अपेक्षाकृत उच्च रहनु, वर्षा कम हुनु र हिमपातमा कमी आउनुका कारण वनस्पतिमा समयअघि नै कुसुम फुल्ने क्रम देखिएको हो।

जलवायु तथा वातावरण क्षेत्रमा काम गर्ने विज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा तापक्रम क्रमशः बढ्दै जानु, वर्षाको समय र मात्रामा अस्थिरता आउनु तथा हिमाली क्षेत्रमा हिमपात घट्दै जानु जलवायु परिवर्तनका स्पष्ट सङ्केत हुन्। यसको प्रभाव हिमाली जिल्लाहरूमा झन् स्पष्ट रूपमा देखिन थालेको छ।

मौसम चक्रमा आएको असामान्यता, कृषि उत्पादनमा परेको असर र जैविक विविधतामा देखिएको परिवर्तनले दीर्घकालीन वातावरण संरक्षण तथा जलवायु अनुकूलनका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता देखिएको सरोकारवालाहरूको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । जिल्लामा पछिल्लो तथ्यांक अनुसार ११९ जनामा एचआईभी संक्रमण फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेले पुष्टि गरेको छ। यो संख्या नियमित स्वास्थ्य परीक्षण र स्क्रिनिङका क्रममा पहिचान भएको हो। स्वास्थ्य कार्यालयका अनुसार पहिचान भएका सबैलाई परामर्श तथा उपचार सेवामा जोड्ने काम भइरहेको छ। स्वास्थ्य कार्यालयले एचआईभी संक्रमण देखिएमा आत्तिनुपर्ने अवस्था नरहेको र नियमित […]

बाँके । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पनि सोही उडानमा हुनुहुन्थ्यो र राति १० बजेसम्म पनि जहाज नउडेपछि उहाँले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्नुभएको हो। उहाँको मुख्य गुनासो थियो: – यात्रुहरूलाई घण्टौंसम्म कुनै स्पष्ट जानकारी नदिइनु – आन्तरिक हवाई सेवामा मौसमको नाममा हुने नियमित लापरबाही र व्यवस्थापनको कमजोरी – नेपालगञ्ज जस्तो सुगम विमानस्थलबाट समेत […]

  काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले मातहतका ट्राफिक प्रहरीलाई आर्थिक अनुशासनमा कुनै सम्झौता नगर्न कडा निर्देशन दिनुभएको छ। आज आइतबार आयोजित सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा बोल्दै उहाँले भन्नुभयो – > “राज्यले दिएको तलबमा सन्तुष्ट हुनुपर्छ। पैसा कमाउन मन लागे जागिर छोड्नुस्। तपाईंको व्यक्तिगत स्वार्थले संगठन […]