२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङमा चुनावी गतिविधि शान्ति पूर्णरुपमा हुँदै सुरक्षाका लागि प्रहरी चौबिसै घण्टा परिचालन,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, फाल्गुण ०५, २०८२

दाङ । घोराहीमा नियमित पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय दाङले चुनावी सुरक्षाका लागि प्रहरी चौबिसै घण्टा परिचालन गरिएको जनाएको छ ।

‘अबदेखि आमसभाका कार्यक्रम पनि छन्, अहिलेसम्म घरदैलोमा मतदाता भेटघाट कार्यक्रम शान्तिपूर्ण नै भए’– दाङका प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले भन्नुभयो– ‘अहिलेसम्म दाङमा शान्तिपूर्णरुपमै चुनावी गतिविधि भएका छन्, हामीले पनि मतदाता, उम्मेदवार र राजनीतिक दलका लागि एकीकृत योजनाअनुसार सुरक्षा व्यवस्था गरिसकेका छौं ।’

जिल्लाको शान्ति सुरक्षा र निर्वाचन लक्षित सुरक्षाका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसँगै निर्वाचन प्रहरी पनि खटाइएको छ । दाङमा सुरक्षा जनशक्ति पनि थपिएको एसपी श्रेष्ठले जानकारी दिनुभयो ।

‘खासगरी नेपाल प्रहरी फिल्डमा खटिसकेको छ, कारागार र टरिगाउँ विमानस्थलको सुरक्षाको जिम्मा चुनाव अवधिसम्म नेपाली सेनाले लिएको छ । हामी फिल्डमा खटिएका छौं’– उहाँले भन्नुभयो । प्रहरीले निर्वाचन आचारसंहिताविपरीतका कुनै पनि घटना भएको खबर नआएको जनाएको छ ।

‘हुन त आचारसंहिताको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छुट्टै समिति छ’– एसपी श्रेष्ठले भन्नुभयो– ‘तर आचारसंहिता उल्लंघन भएको भन्ने अहिलेसम्म खबर आएको छैन, त्यस्तो कतै देखिए जो कसैले पनि खबर गर्न सक्नुहुनेछ ।’

एसपी श्रेष्ठले एकीकृत सुरक्षा योजना लागु भइसकेकाले सोहीअनुसार निर्वाचनपूर्व हुने सुरक्षा चुनौतीअनुसार काम भइरहेको बताउनुभयो । सो अवसरमा जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रेशम बोहराले माघ महिनामा दाङमा भएका प्रहरी गतिविधिबारे जानकारी दिनुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]